ट्रेन्डीङ्ग

विप्लव नेकपा स्याङ्जाले विभिन्न कार्यक्रम गरि मनायो जनयुद्ध दिवस

फाल्गुन १ स्याङ्जा ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले आज एक कार्यक्रमका विच २६ औ जनयुद्ध दिवस मनाएको छ ।
स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज रुवेलले जनयुद्धको दिशामा अगाडि बढ्न सबैलाई अनुरोध गरेका थिए । ईन्चार्ज रुबेलले १० बर्ष जनयुद्धका एजेन्डालाई प्रचण्ड बाबुरामले गम्भीर धोका दिएपछि विप्लवको नेतृत्वमा क्रान्ति पुर्नगठित गरिएको दाबी गरेका थिए ।
अहिले संसदीय दलहरू असफल बन्दै गएको र वैज्ञानिक समाजवादी आन्दोलनको यात्रा फराकिलो बन्दै गएको उनको तर्क थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि जनपत्रकार संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनयुद्धले नेपाली जनताको राजनीतिक र सामाजिक चेतनास्तर बढाउदै पुरानो राजनीतिक व्यवस्थाको विकल्पमा नयाँ संविधान सहित गणतन्त्रमा प्रवेश गराउन विशिष्ट भुमिका खेलेको बताए ।
एकअर्को प्रशंङ्गमा डुम्रेले माओवादी जनयुद्धमा उठाएका मुद्दाहरुले नेपाली समाजका वर्गीय चेतनामा समेत उल्लेखनीय भुमिका खेलेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्ले,नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक रमाकान्त बास्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
२६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा २६ वटा मैनबत्ती बालेर शुरु गरिएको कार्यक्रममा पार्टीका नेता कार्यकर्ता लगायत वालिङका विभिन्न वडाहरुबाट जनसहभागिता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal