ट्रेन्डीङ्ग

पृथ्वीचन्द्र अस्पतालमा चिकित्सकको लापरबाही गर्भवती महिलाको अप्रेसन गर्दा बच्चाको मृत्यु

परासी।पश्चिम नवलपरासीको परासीमा पृथ्वी चन्द्र अस्पतालमा गर्भवति महिलाको अप्रेसनका क्रममा शिशुको मृत्यु हुदा प्रदर्शन गरेका छन।

जिल्लाको रामग्राम नपाको-२ दुर्गा टोल कि ३७ बर्षिय गर्भवती महिला राजवति हरिजनको गत महिना डाक्टरको लापरबाहीले अप्रेसन गर्दा शिशुको मृत्यु भएको दाबी गरेको छ भने महिलाको अवस्था गम्भीर रहेको पीडित परिवारले बताएका छन।

असाेजमा गर्भावती महिलाले पृथ्वी चन्द्र अस्पतालमा चेकजाचँ गराउन जादा डाक्टरले अप्रेसन गर्दा भित्रका अर्कै नसा काटिए पछि डाक्टरले एम्बुलेन्स बाेलाई रिफर गरेकाे बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको त्यहा पनि दुई पटक अप्रेसन गर्नु परेको राजवतिका श्रीमान मनोज हरिजनले बताए।

गर्भवती महिलाकाे अपरेसन गर्दा अर्कै नशा काटीपछी अस्पतालमा विवाद भएकोको थियो उक्त विवाद समाधान गर्न मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नुरहुदा उपचार खर्च दिन सहमती भएका थिए।डा.सहमति तोडेको र यता महिलाकाे दिन प्रतिदिन अवस्था गम्भीर हुँदै गएकाे अवस्थामा उपचार खर्चको माग सहित पडित परिवारले अस्पतालमा विराेध प्रदर्शन गरेकाे स्थानियहरूले बताए।

विगतका बर्षमा पनि डाक्टरहरूकाे लापरबाहीका कारण उपचारका क्रममा अस्पतालमा बिरामीकाे मृत्यु हुने गरेको पीडितले बताए।

पिडित सहित स्थानियहरूकाे विराेध प्रदर्शनमा बढे पछी अस्पतालको सुरक्षाका लागि बाक्लो सुरक्षा व्यवस्थापन गरिएको थियो।अस्पतालका मेसु डाक्टर नुरूलहाेदा र अस्पतालका ब्यवस्थापकका समितीका अध्यक्ष महेन्द्र गुप्तालाई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन।

जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दा डाक्टरले पिडित परिवार उपचार खर्च दिने सहमती भएकाे पिडित महिलाका परिवार दुधई हरिजनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal