
परासी।इन्द्रेणी सामाजिक बिकास मञ्च र फेयरमेड फाउण्डेसन नेपालकाे साझेदारिमा संचालित आधारभुत स्वास्थ्य परियाेजना वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ।आधारभुत स्वास्थ्य परियाेजनावाट सन् २०२२ मा सम्पन्न गरेका कृयाकलापहरुकाे समिक्षा बैठक जिल्ला समन्वयन समिति प्रमुख एव परियाेजना सल्लाहकार समितिका अध्यक्ष भगाैति प्रसाद यादवको अध्यक्षतामा आज परासिमा सम्पन्न भएकाे हो।
साे बैठकमा सल्लाहकार समितिका सदस्यहरु बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठ, सुनवल नपा नगर प्रमुख बिमला अर्याल, रामग्राम नपा नगर प्रमुख धनपद यादव,प्रतापपुर गापा अध्यक्ष उमेश चन्द्र यादव,पाल्हिनन्दन गापा प्रमुख बैजु प्रसाद गुप्ता,सरावल गापा अध्यक्ष सुखाडि प्रसाद चाैधरी, प्रमुख जिल्ला अधिकारि श्रवण कुमार पोखरेल,सातवटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत,स्वास्थ्य कार्यालय प्रमुख ओम प्रशाद पन्थि,पालिकाका स्वास्थ्य शाखा प्रमुख,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा,गैसस महासंघ जिल्ला शाखा नवलपरासिका अध्यक्ष बालिन्द्र बिक्रम शाहि लगायतकाे उपस्थिति रहेकाे थियाे।
साे कार्यक्रम आधारभुत स्वास्थ्य परियाेजनाका लेखा अधिकृत दधिराम पाैडेलले संचालन गर्नु भएकाे थियाे भने कार्यक्रमकाे उद्देश्य माथि संस्थाका कार्यकारि निर्देशक बद्री प्रसाद सुबेदिले प्रकाश पार्नु भएकाे थियाे भने सन् २०२२ मा आधारभुत स्वास्थ परियाेजनाले सम्पन्न गरेका कृयाकलापलाई कार्यक्रम अधिकृत किरण श्रेष्ठले प्रस्तुतिकरण गर्नु भएकाे थियाे।
परियाेजना सल्लाहकार समितिकाे बैठकमा आधारभुत स्वास्थ्य परियाेजनाले उपेक्षित उष्ण प्रदेशिय राेगहरुकाे पहिचान तथा निदानका लागि राम्रो काम गरेकाे बताउदै सातवटै पालिकाहरुकाे सँग अझ घनिभुत रुपमा छलफल गरि अगाडि बढ्नुपर्ने बताउनु भयाे।त्यस्तै डेंगु महामारि राेकथामका लागि परियाेजनाले राम्रो काम गरेकाे साथै स्वास्थ्य क्षेत्रमा बिशेषगरप उपेक्षित उष्ठ प्रदेशिय राेगहरुमा जिल्ला भित्र उल्लेख्य काम गरेकाे बताउनु भयाे।
उक्त सल्लाहकार समितिकाे बैठकले कार्यक्रमलाई अझबढि प्रभावकारि वनाउका हरेक कृयाकलापहरु संचालन गर्दा पालिकासँग अझ बढि समन्वय गरि संचालन गर्दा प्रभावकारि हुने,आगामि बर्षकाे याेजना पालिका सँग समन्वय गरि स्विकृत गराई कार्यान्वयन गर्दा डुब्लिकेशन नहुने र त्यसले प्रभावकारिता ल्याउने,हात्ती पाईले तथा कुष्ठराेगका बिरामिहरु अझैपनि लुकेर रहेकाे हुनसक्ने हुनाले पालिकासँग समन्वय गरि खाेजपड्तालका कार्यक्रमहरु संचालन गर्नु पर्ने लगायतका सुझावहरु समेत दिएकाे छ।साे कार्यक्रममा आधारभुत स्वास्थ्य परियाेजनाले उपेक्षित उष्ण प्रदेशिय राेगहरु सम्वन्धि परियाेजनाले राम्रो काम गरेकाे, स्वास्थ्य संस्था संचालन ब्यवस्थापन समितकाे क्षमता अभिबृद्दि गरेकाे,स्वास्थ्य कर्मिकाे क्षमता बिकास गरेकाे,ल्याव सेवा तथा बर्थिङ्ग सेन्टर संचालनका लागि सामाग्री सहयाेग गरेकाे,सुत्केरी कुरुवा कक्ष निर्माणमा महत्वपुर्ण याेगदान दिएकाे साथै उपेक्षित उष्ण प्रदेशिय राेगहरुवाट प्रभाबित हरुकाे समुह वनाई आयआर्जन गर्नकालागि बिउ पुँजी सहयाेग गरि उनिहरुलाई आत्मनिर्भर वनाउन प्राेत्साहन गरेकाेले संस्थालाई धन्यवाद सहित आगामि दिनमा अझै थप काम गर्ने अपेक्षा जिल्ला समन्वय समितका सभापति भगाैति प्रसाद यादवले राख्नुभएकाे थियाे।