ट्रेन्डीङ्ग

सनातन धर्म संस्कृति र आस्था माथि कुठाराघात:विश्व हिन्दु महासंघ

काठमाडौँ।राजनीतिक दलले जनताको अभिमतमा सनातन धर्म संस्कृति र आस्था माथि कुठाराघात भएको विश्व हिन्दु महासंघले बताएको छ।विश्व हिन्दु महासंघ नेपालका कार्यकारी सभापति डा.रामचन्द्र अधिकारीले प्रेस विज्ञप्ति जारि गर्दै भनेका छन् हालै सम्पन्न आम निर्वाचन २०७९ मा नेपालका राजनितिक दलहरुले प्राप्त गरेको समानुपातिक तर्फको मतका आधारमा सामानुपातिक सासद बनाएको विषयमा दलहरुले सनातन हिन्दू धर्म,ॐकार संस्कृति संस्कार र परम्पराका पक्षघर हिन्दू राष्ट्र समर्थक मतदाताहरुको जनमत लिएर पुनःएक पटक हाम्रो सनातन धर्म संस्कृति र आस्था माथि कुठाराघात गर्ने काम भएको बताएका हुन।

प्रेस विज्ञप्तिमा भनिएको छ आफुलाई धार्मिक भन्दै हिन्दू राष्ट्र नै आफ्नो मूल मुद्धा मानेर जनतामा पुगेका हुन् वा आराध्य देव पशुपतिनाथमा करोडौंको सुनको जलहरी राखेर होस् वा रामजन्म भूमि चितवनको ठोरी हो भन्दै हिन्दु धर्मको संरक्षण गरेको देखाउन खोज्ने पार्टी होस् अथवा वालुवाटारमा तुलसी रोपण गर्दै धार्मिक जनमानसमा भ्रम सिर्जना गर्ने बहुरुपी राजनितिक पार्टीहरुले कसलाई रिझाउनका लागि हो फिरङगी इसाइका मतियार, हिन्दु ॐकार विरुद्ध धर्म परिवर्तनमा क्रियाशील एकनाथ ढकाल- जो स्वयं हिन्दु वर्ण व्यवस्था विरोधी छन् उनैलाई खस आर्यको कोटावाट र क्रिस्चियन मिसनमा संलग्न विना लामालाई जनजातिका नाममा समानुपतिक सांसद बनाएर हिन्दू राष्ट्र पुनःस्थापनाको महान् लक्ष्यलाई कमजोर पार्ने दिवा स्वप्नको हामी घोर बिरोध गर्दछौं ।

विज्ञप्तिको अन्त्यमा भनिएकोछ जनताको मनोभावना विपरित हिन्दु धर्म ॐकार विरोधी कामकार्यमा नलाग्न समेत हामी सबै दलहरुलाई सचेत गराएको छ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?