
परासी।रासायनिक मलको बारे राप्रपाका सासद ध्रुव बहादुर प्रधानले कृषि मन्त्रालयका कृषि सचिव डा.गोविन्द प्रसाद शर्मा संग छलफल गरेका छन।
कृषि मन्त्रालयमा कृषि सचिव डा. गोविन्द सग रासायनिक मलको आपूर्ति र वितरणमा भइरहेको समस्या वर्तमान मौज्दात स्थिति र त्यसको आपूर्ति र वितरण सहजता कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको प्रधानले बताए।
मन्त्रालयका सचिव शर्माले रसायनीक मलको मौज्दात र आपूर्ति समस्याबारे बताएको बताउँदै सांसद प्रधानले भने,‘किसानको मुख्य समस्या भनेकै समयमा मल नपाउने हो।यस विषयमा मैले सचिव ज्यूसंग छलफल गरेको छु ,प्रधानले भने समस्या समाधानका लागि सरकारलाई दबाब दिन्छु ।’ प्रधान पश्चिम नवलपरासी २ बाट निर्वाचित सांसद हुन्।