

सुनवल।सुनवलको महाकवि देवकोटा प्राविधिक शिक्षालयमा औद्योगिक परिक्षार्थी अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ।
पश्चिम नवलपरासीको सुनवलमा अवस्थिति महाकवि देवकोटा नमूना माविद्वारा संचालित प्राविधिक तर्फको कार्यक्रम अन्तर्गत सिटिभिटि मान्यता प्राप्त प्राविधिक शिक्षा प्री-डिप्लोमा अटो मोबाइल अध्ययन गरेका विधार्थीलाई १ दिने औधोगिक प्रशिक्षार्थी अभिमुखिकरण कार्यक्रम गरीएको कार्यक्रम संयोजक ई.अमृत मिश्रले जानकारी दिनुभयो।
विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य खेमलाल जोशि शर्माले स्वागत एव कार्यक्रम उद्देश्य शिक्षालयको बारेमा जानकारी गराउनु भएको थियो।
कार्यक्रम संयोजक ई.अमृत मिश्रले पाठ्यक्रम बारे प्रशिक्षण गराउनु भएको थियो भने अटो मोबाइल सम्बन्धि औजार,उपकरण तथा सुरक्षा बारेमा ई.नन्दु थापा क्षेत्रीले प्रशिक्षत गराउनु भएको थियो साथै ई.रिन्कु कुर्मी,भुपराज तिवारी,नरबहादुर बुढाथोकी लगायतले अटो मोबाइल सम्बन्धि बिषयमा प्रशिक्षार्थीलाई अभिमुखिकरण गराउनु भएको थियो।प्रशिक्षार्थीको तर्फबाट बिजय रैसादले आफ्नो अनुभव बताएका थिए।
तिन महिने लाइट भेहिकल सर्भिस मेकानिक तालिम सम्पन्न