ट्रेन्डीङ्ग

नवलपरासीमा रासायीनक मल बितरण प्रकृया अघि बढाईयो

परासी।नवलपरासी(बसुप)मा लुम्बिनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल(युरिया)बितरण प्रकृया अघि बढाईएको छ।

लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै बितवरण प्रकृया अघि बढाईएको हो।

सो अन्तर्गत जिल्लामा प्राप्त भएको रासायनिक मल जिल्लाका सवै पालिकामा कोटा निर्धारण गरी बितवरण प्रकृया अघि बढाईएको कृषि ज्ञान केन्द्र नवलपरासी(बसप)का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो।

प्राप्त मल जिल्लाका सातै स्थानीय तहका किसानहरुलाई बितरण गरिने छ।

मल लिनका लागी पालिकामा पत्राचार भएकाले अब तत्कालै पालिकाबाटै रासायनीक मल वितरण गरिने प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो।

मल वितरण प्रकृया पुर्ण रुपमा पारदर्शी गरी प्राथमिकताका आधारमा किसानलाई पालिका स्तरका सहकारी संस्था मार्फत तत्कालै बितरण गरीने सरावल गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो।

नवललपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चित संघीय बिनोद सांसद चौधरीले प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत नवलपरासीका किसानलाई लक्षीत गरी रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?