ट्रेन्डीङ्ग

शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को दशौँ वार्षिक साधारणसभा सम्पन्न

प्रतापपुर।शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाको अध्यक्ष भगवन्त प्रसाद धवलको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आथित्यथामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले व्यक्तिको प्रवृत्ति र गलत कामले गाउँपालिका भित्रका केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो।

उनले त्यस्ता कार्यमा सङ्गलन रहेका व्यक्ती वा सहकारीलाई जाच गरेर गाउँपालिकाले निकट भविष्यमा कानुनी दायरा भित्र ल्याएर कार्यवाही गरिने तयारी भइरहेको बताए।

गाउँपालिका क्षेत्र भित्र ४२ सहकारी संस्था मध्ये १७ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता रहेको बताउदै प्रमुख अतिथि यादवले पछिल्लो दिन केही संस्थाले सहकारीको सात सैद्धान्तिक सिद्धान्तको तहत वित्तीय अनुशासनको पाठलाई कुन कुन सहकारीले पालना गरेको नगरेको गाउँपालिकाले नजिकबाट नियाल्दै छिटै जाँच गरि कार्यवाहीको तयारी भइरहेको जानकारी दिए।वहाले सहकारीको उचित मुल्यांकन अनुसार गाउँपालिकाले सदैव सहयोग गरिरहने बताए।

साथै कृषकहरूका कृषि गर्नको लागि माटो परीक्षण प्रयोगशाला ५० लाख बराबरको बेलाटारीमा स्थापना गरिनेछ भने प्रतापपुर गाउँपालिकाको कृषकहरूका खेतमा कृषि सिचाइ गर्नको लागि बोरिङ ,मोटर र विधुतको लागि पोल र तारको ब्यवस्था गरि कम खर्चमा किसानहरू विधुतीय सिचाइको लागि व्यवस्था गर्ने अध्यक्ष यादवले बताउनु भयो।

सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ बताउदै गाउँ टोलहरूमा चर्को ब्याजमा पैसा दिनेहरूसँग मुक्ति दिलाउनको लागि सहकारीलाई धन्यवाद दिदै सहकारी संस्था सफलताको लागि शुभकामना दिनु भएको थियो।

संस्थाले साधारणसभाको एकदिन अगाडि बिहिवार १६ गते नि:शुल्क आँखा शिविर सञ्चालन गरेको थियोे जसमा ३३० जनाले जाँच गराउँदा १९८ जनामा मोतिविन्दू भेटिएको थियोे जसको नि:शुल्क शल्यक्रिया डा.विनोद निता कडेल आँखा अस्पताल परासीमा गराउने व्यवस्था मिलाएको छ।

सो कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव,गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता नागरिक साकोस रूपौलियाको अध्यक्ष दीर्घजीवि पोखरेल लगायतले शुभकामना मन्तव्य दिनुभयो।२०६९ सालमा स्थापना भएको सहकारीले २२ करोड ९९ लाख ४० हजार १ सय ९९ रुपैयाँ ३९ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाको कोषाध्यक्ष बलवन्त कुर्मीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?