ट्रेन्डीङ्ग

पुर्वि नवलपरासीमा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु

कावासोति।पुर्वि नवलपरासीको हुप्सेकोट गाउंपालिका ५ कान्छीपानीमा यात्रु बहाक जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्।

घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।गण्डकी प्रदेश ०४–००१ च–००६ नम्मरको यात्रु बहाक जिप ब्रेक फेल भएर भिरबाट करिब १ सय मिटर तल खस्दा सो दुर्घटना भएको हो।

पुर्व-पश्चिम राजमार्गको दलदलेबाट २८ किलोमिटर उत्तरमा पहाडी भेगमा पर्ने भएकाले उद्धारकार्यमा कठीनाई भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले बताए।घाईतेलाई उद्धार गरेर उपचारको लागि चितवन लैजाने तयारी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?