ट्रेन्डीङ्ग

नवलपरासी २ मा राप्रपाका प्रधान निर्वाचित

परासी ।पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा रास्ट्रीय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष धुर्ब बहादुर प्रधान निर्बाचित भएका छन।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब गृह राज्य मन्त्री देबेन्द्र राज कन्डेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान बिजयी भएका हुन।

प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कन्डेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन। नेपका एमालेका दिपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन।

नेपाल प्रहरीको प्रमुखबाट अबकास भएपछि राजनितिमा सक्रिय प्रधान तिन पटकको प्रयासमा सफल भएका हुन।क्षेत्र नम्बर २ को १ मा स्वतन्त्रका खड्ग बस्नेत र २ मा नेपाली काङ्ग्रेसका बैजनाथ कलवार प्रदेश सभामा बिजयी भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal