
बर्दघाट।पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रेम पाठक निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेसका उम्मेदवार पाठकले निकटम प्रतिद्वन्द्वीलाई २ हजार १ सय २० मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो निर्वाचन अधिकृत दुर्गा प्रसाद भट्टराईले जानकारी दिनु भयो।यद्यपि औपचारिक घोषणा भने यस क्षेत्रको सम्पुर्ण मत गणनागरे पछी मात्रै हुने निर्वाचन अधिकृत भट्टराईले बताउनु भयो।
निर्वाचित पाठकले १५ हजार ४ सय ३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुण्यप्रसाद पौडेलले १३ हजार ३ सय १६ मत प्राप्त गर्नुभएको छ।भने त्यसैगरि राप्रपा उम्मेदवार नवनितकुमार मिश्रले ५ हजार ४ सय ४१ मत सहित तेस्रो स्थानमा रहनुभएको छ।