नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

English English Nepali Nepali

काठमाण्डाै।यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ।आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे।

यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे।नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए।बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७६ रन बनायो। यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए।बलिङतर्फ नेपालका गुलशन झा,कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए।

नेपाल पहिलाे खेलमा ८४ रनमा पराजित हुँदा दाेस्राे खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएकाे थियाे।याे जितसँगै नेपालले शृङ्खला दुई-एकले आफ्नाे पक्षमा पारेकाे हाे।

यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो।नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो।

गएको चैतमा पपुवा न्युगिनी (पीएनजी)सँगको दुई खेलमा नेपाल पराजि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?