ट्रेन्डीङ्ग

खेलकुद विकास समिति नवलपरासीद्धारा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी खेलाडीलाई सम्मान

सुनवल।जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी खेलाडिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुमगरको अध्यक्षता तथा जिल्ला युवा परिषद नवलपरासीका सांयोजक तथा अधिवक्ता झविन्द्र ज्ञवालीको प्रमुख आतिथ्यातामा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि ३२ जना खेलाडीलाई सम्मान गरेको हो।जसमा पदक विजेता १६ जनालाई खेलाडीलाई सम्मान सहित पुरस्कार वितरण गरेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचर्याले जानकारी दिनुभयो।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय युवा परिषद नवलपरासी संयोजक अधिवक्ता झविन्द्र ज्ञवालीले युवा र खेलकुद एक अर्काको परिपुरक हुने भन्दै जिल्लाको समग्र खेलकुद विकास गर्नको लागी राष्ट्रिय युवा परिषद प्रतिवद्ध रहेको वताउनुभयो।

त्यस्तै जिल्लालाई खेलकुदको उर्वर भुमि वनाउन जिल्ला खेलकुद समिति निरन्तर रुपमा लागी परेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुमगरले बताउनुभयो।

कार्यक्रममा जिल्ला करातो संघका अध्यक्ष गोपि पुन,सुनवल नगरपालिका वडा नम्वर ४ का निबर्तमान अध्यक्ष विर वहादुर गुरुङ,पुर्व खेलकुद विकास समितिका अध्यक्ष कुमार आले,जिल्ला खेलकुद विकास समितिका सदस्य टेक वहादुर पुन लगाएतले खेलकुद विकास नै जिल्लाको पहिचान हुनेमा जोड दिदै खेलाडीहरुलाई थप क्षमता अभिवृद्धी गर्न सुझाव दिनुभयो।

कार्यक्रममा जिल्ला फुटवल संघका अध्यक्ष धनप्रसाद गुरुङ,जिल्ला भलिवल संघका अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला व्याटमिन्टन संघका अध्यक्ष होम नाथ भण्डारी,जिल्ला तेक्दो संघ,जिल्ला क्रिकेट संघ,जिल्ला आई.टि संघ,जिल्ला डोरीतान,जिल्ला एथलेस्टी संघ,जिल्ला शारिरिक सुगठन लगाएतको उपस्थीति रहेको थियो।

सोहि अवसरमा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा कराँते तर्फ कास्य पदक विजेता नारायण गुरुङलाई उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका निर्वतमान अध्यक्ष गुणनिधि तिवारीले रु २५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख ऋषिराम पौडेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?