
परासि।आसन्न निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देबेन्द्रराज कण्डेल यतिबेला घरादैलो र चुनावी सभामा व्यस्त छन।
चुनावी गतिविधि गरिरहेका कण्डेलले सोमबार नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ९ मा घरदैलो तथा कोण सभा र वडा नम्बर १ ,३,४,६,८ र १० मा कोणसभा एवं अगुवा ब्यक्तित्वहरुसंग भेटघाट गरेका छन।
उनले चुनावी सभालाई भन्दा बढि व्यक्तिगत भेटघाटलाई महत्व दिँदै आएका छन।
विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा कण्डेलले विकासनै आफ्नो सबैभन्दा ठूलो एजेण्डा रहेको बताउने गरेका छन।
उनले विकास गर्दा पक्षपात नगर्ने बताएका छन।यस क्षेत्रका बाटो , स्वास्थ्य,कृषि,मल,बाढी समस्या , बेरोजगारी,नागरिकता समस्या र विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकतालाई पहिले प्राथमिकता दिन्छु,उनले भने।
चुनाव जित्नु ठूलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको इमान्दारिता सबैभन्दा ठूलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएका छन।