ट्रेन्डीङ्ग

पुर्ब जनमुक्ति सेना तुफानद्वारा जनयुद्ध दिवसको शुभकामना

माघ ३० नवलपरासी । २६ औं महान जनयुद्ध दिबसको अबसरमा
पुर्ब जनमुक्ति सेना तुफानले शुभकामना व्यक्त गरेका छ्न । उनले देश बिदेशमा छरिएर बस्नु भएको आम क्रान्तिकारी नेता जनमुक्ति सेना ,घाइते योद्धा ,र सम्पूर्ण जनसमुदायलाई विशेष विशेष सुभकामना २६ औं महान जनयुद्ध दिबशको ।

यति भन्दैगर्दा आज हामी एउटा् विशेष मोडमा आएकाछौ यकातिर राज्यले गणतन्त्रकै धज्जी उडाउदै छ त अर्को तिर हाम्रो उपलब्धिको कुनै रक्षा भएको छैन आज हामीलाई घर न घाट बनाएको छ दश बर्ष जनयुद्ध लडेका जो यो देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन अहम & अग्रमोर्चाको पङ्तिमा भएका हामि जस्तै हजारौं जनमुक्ति सेना हरुको आजको हालत देख्दा हाम्रो औचित्य नै सखाप पार्न यो राज्यका दलाल हरु लागि परेको तपाई हामी माझ छर्लङ्ग छ ।

केही दलालहरुले पैसाको साटगाटमा हाम्रो नैतिकतालाई किन्ने कुचेस्टा गरेको पनि देखिएको छ यो अबस्थामा हामी पुर्ब जनमुक्ति सेनाले आफ्नो आफ्नो अधिकारलाई रक्षा गर्न र हाम्रो बलिदानी मार्फत ल्याएको गणतन्त्रको उपलब्धिलाई दुरुपयोग गर्ने दलालहरुको विरुद्ध फेरि आबसेक परेको खण्डमा जस्तोसुकै प्रस्तिथिको सामाना गर्न तयारी हुने बेला पनि आएको छ कामरेड हरु यो दलाल राज्य होस् उडाउन हामिले बाहेक यहाँ अरु कुनैको दम छैन ।

यसको लागी प्रतिबाद गर्ने एक मात्रै पार्टी हो जो अहिले प्रतिबन्धित छ त्यो पनि स्वतन्त्र राजनीति गर्ने अधिकार जोकोही लाई छ त्यो नेत्र बिक्रम चन्द बिप्लव ले पनि तेहि गुम्न लागेको हाम्रो अधिकार को निम्ति दलाल राज्यको विरुद्ध कडा प्रतिबाद गर्दै आउनुभएको छ त्यो पार्टी प्रती एक अर्को गर्दै जनताको हुल देखेर अत्तालिएर एउटा् राजनीति पार्टीलाई प्रतिबन्ध लगाउने यो सरकारको होस उडाउने नेतृत्व गर्नु भएको महासचिव कामरेड बिप्लवलाई हजारौं जनमुक्ति सेनाको सयोग पनि उत्तिकै छ कामरेड हामी हाम्रो ज्यानको कुनै प्रबाह नगरी हिजो पनि लडेकै हौं र आज पनि दलाल राज्यको ज्यादतीका विरुद्ध आगो ओकल्ने शक्ति हामी संघ छ कामरेडहरु आउनुहोस् अब ढिलो नगरीकन एकीकृत जनक्रान्तिको यो विशेष यात्रामा सहभागी बनौं र तपाई हाम्रो जित निश्चितरुपमा हुने छ ।

हजारौं हजार नेताकार्यकर्ताको एउटा् सपनाहरू पूरा गर्ने एक मात्रै विकल्प हो एकीकृत जनक्रान्तिहुदै बैज्ञानिक समाजबाद तेसैले आज हामी फेरि हजारौं हजार जनमुक्ति सेनाको त्यो ताती देखेर अत्तालिनु बाहेक केही छैन केपि का भरौटेहरुलाई ,,२ महिनामा प्रतिबन्ध पछि सखाप गर्ने सपना देख्नेहरुलाई राम्रोसँग थाहा भयो होला बिचारलाई दमन ले प्रस्त पार्न सकिन्न भन्ने कुरा। हामी त बिचारमा अडिग छौं तेसैले आज एकीकृत जनक्रान्तिमा उत्तिकै उल्लेखनीय सहभागिता छ।

यो कुनै केपि प्रचण्डहरुले मासु भात खुवायर ल्याको हुल होइन योत स्वतन्त्र राजनीति गर्ने आफ्नो अधिकारलाई प्रयोग गर्दै देश र जनताको अधिकार सुनिश्चित गर्न लागेको हुल हो आज भात मासु खायर भोलि अर्कोतिर जाने शक्ति होइन हेक्का रहोस् दलालहरुलाई हिजो पनि क्रान्तिकै पक्षमा थियो र भोलि पनि परिवर्तनकै लागि आफ्नो बलिदानी दिन तयार हुने एउटा् स्पिसल ट्रान्सर्फस फोर्स हो ।

२६ औं जनयुद्ध दिबस आउदै गर्दा फेरि ती दिनहरूको यादले आज ताजै गर्दिएको छ हिजो एउटै मोर्चामा सहभागि ती सहयोद्धाको अन्तिम दहास्स्कार गर्दै गर्दा खाएको कसम पुरा गर्न नसक्दा लज्जास्पद भएको छ नेताहरुको गद्दारिले गर्दा तपाईं हाम्रो सपनाहरू चकनाचुर बनाएका छ्न कोहि सत्तामा त कोहि सत्ताबाहिर छ्न ती वीर योद्धाको खुन पसिना माथी राजनीति गर्दै एउटा् अस्त्रको रुपमा प्रयोग गर्दै छ्न दु:ख लाग्छ यो सबै हेर्दै जादा अब सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक हुँदै दलाल राज्यसत्ताका विरुद्ध धावा बोल्ने बेला आएको छ आउनुहोस् एकीकृत जनक्रान्तिको यो महान अभियानमा सगभागी बनौं ।।
केपि ओलिको होस् उडाने एक मात्रै शक्ति महासचिव बिप्लव संघ छ ।

अन्तमा पुन सम्पूर्ण जनसमुदायमा २६ औं महान जनयुद्ध दिबसको हार्दिक हार्दिक सुभकामना।।
-पुर्ब जनमुक्ति सेना नेपाल सैन्य कमान्डर
हाल प्रतिबन्धित नेकपा युवा
तुफान सिंह कालिकोटे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?