ट्रेन्डीङ्ग

प्रतिनिधिसभा विघटन अबैसाधनिक संविधान विपरित -अध्यक्ष केसि

माघ ३० अर्घाखाँची ।राष्ट्रिय जनमोर्चा केन्द्रिय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्र बहादुर के.सीले बर्तमान सरकारले असबैधानिक अप्रजान्त्रिक सविधान विपरित प्रतिनिधिसभा विधटन गरेको बताउनुभएको छ ।

प्रगतिशिल पत्रकार सघ जिल्ला समिति अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गदै अध्यक्ष के.सीले बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी भित्रको झगडा मिलाउन नसिकी प्रतिनिधिसभा विधटन गर्नु सविधान सम्मत निति सम्मत नरहकेको बताउदै राष्ट्रियता एवम् मुलुकको परिवर्तनका उपलब्धिको रक्षार्थ आम जनतालाई सचेत पार्न र सरकारलाई खबरदारी गर्नु सचेत नागरिकको कर्तब्य भएतापनि सरकारले सविधान भन्दा माथि उठेर लोकतन्त्र र गणतन्त्रका प्राप्त उपलब्धीलाई विघटित गरी नागरिकको स्वतन्त्रतालाई समेत कुण्ठित गरेको बताउदै अध्यक्ष केसीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको बताए । राष्ट्रपति संविधानको रक्षक पनि भएकाले प्रधानमन्त्रीले गरेको सिफारिस विचार गरेर मात्र कार्यन्वयन गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियता बचाउन ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधब समुह, मधेसवादी दल लगायतका सबै दलहरु ०६२र६३ को जन आन्दोलनमा जस्तै एक भएर आन्दोलनको आँधीबेहरी सृजना गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा केन्द्र, प्रदेश र स्थानीय तहमा दलसँग सहकार्य गरेर आन्दोलन गर्न तयार रहेको बताए ।कम्युनिस्ट पार्टीमा २ वटा अध्यक्ष हुनै नसक्ने भएको बताउदै उनले नेकपाको ओली समुह तथा माधब–प्रचण्ड दुबै समुह सच्चा कम्युनिस्ट नभएको उनले बताए । ओली हिटलरीशैलीमा अगाडी बढेको र उनको पतन भएरै जाने केसीको आरोप छ । एक फरक प्रसँगमा कुरा गदै अध्यक्ष के.सीले गणतन्त्र र लोकतन्त्र माथि दरबारवाला आफुलाई सच्चा गणतन्त्रबादी भन्ने शक्तिबाट नै खतरा रहेको बताए ।

कार्यक्रम प्रगतिशिल पत्रकार सघका जिल्ला अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता सचिब गोपाल प्रसाद भट्टाराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?