ट्रेन्डीङ्ग

ससद पुनःस्थापनाकाे विकल्प छैन – केसि

माघ ३० अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापनाको बिकल्प नभएको बताउनु भएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै बिघटित संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो । केसीले नेकपाको आन्तरीक खिचतानीका कारण देशलाई भड्खालोमा हाल्न खोजिएको भन्दै त्यसो गरीए देश प्रतिगमन तर्फ जाने निश्चित भएको बताउनुभयो ।

संविधानको रक्षक राष्ट्रपति बिद्यादेबि भण्डारीले समेत ओलीको असंवैधानिक कदममा साथ दिएको केसीको आरोप रहेको छ । राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको भन्दै केसीले जनताले स्थायी सरकारका लागि समर्थन दिएको भएपनि ओलीले जनमत माथि कुठाराघात गरेको आरोप लगाउनुभयो ।

केसीले ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न संयुक्त आन्दोलनको बिकल्प नभएको समेत दाबि गर्नु गर्नुभयो ।पुर्बउपप्रधानमन्त्री समेत सहनु भएका केसीले एउटा सरकार चलाउन नसक्नेहरुले ८र८ वटा सरकार चलाउन खोज्नु मुर्खता भएको बताउनु भयो । केसीले संघीयता नेपाली जनताले थेग्न नसक्ने प्रष्ट पार्दे संघीयता खारेजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय देशमा भ्रष्टाचार र बलात्कारका घटना बढिरहेपनि ओली सरकार भने आरोपप्रत्यारोपमा लागेको बताउनु भयो ।

राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,सचिब बाबुराम पन्थी सुनारको सञ्चालन र उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट,राजमो नेताहरु शेरबहादुर बिसी,झबिलाल थापा,सागर केसी,पशुपति ढकाल,कल्पना पोख्रेल लगायतले मनतब्य राख्नुभएको थियो बिरोध सभा पूर्व सुरु भएको जुलुसले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेको थियो कार्यक्रममा रक्तिम सांस्कृतिक परीवारका कलाकारको प्रस्तुति समेत रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?