ट्रेन्डीङ्ग

सरकारले गणतन्त्रमा प्रेस विरोधी कदम चाल्यो – चौलागाई

अनिल नेपाली
अर्घाखाँची २९ माघ ।नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिब शुक्रऋषि चौलागाईंले बर्तमान सरकारले लोकतन्त्र र गणतन्त्रमा प्रेस विरोधी कदम गरेकोे बताएका छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १४ औं साधारणसभालाई विहिबार सम्वोधन गर्दै सचिब शुक्रऋषि चौलागाईंले लोकतान्त्रिक गणतन्त्रकको जगमा निर्माण भएको सरकारबाट पेश भएका सूचना तथा सञ्चार सम्वन्धी विधेयक तथा निति नियमहरु प्रेस स्वतन्त्रताको मर्म भावना विपरित भएको बताउदै सरकारको यस्तो गलत कदमका विरुद्ध सिङ्गो पत्रकार महासंघ नै विरोधमा उत्रिनु परेको सचिब शुक्रऋषि चौलागाईंले बताउनुभएको थियो सरकारले नागरिकहरुको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्म विपरित काम गर्दै आएकाले पत्रकारहरु नागरिकहरुको अधिकार रक्षाको लागि सधै प्रतिपक्षको भूमिकामा रहदै आएको बताउदै सचिब चौलागाईले पत्रकार महासंघको इतिहासमा सबै पत्रकारहरुलाई समान अधिकार प्रदान गर्ने अभियानका साथ आउदो अधिवेशनदेखी हरेक पत्रकार जिल्लादेखी केन्दसम्म प्रतिष्पर्धा गर्न पाउने, जिल्लाका पत्रकारहरुले प्रत्यक्ष रुपमा आफ्नो प्रतिनिधी चयन गर्न पाउने गरी नेतृत्व चयन हुने सचिब चौलागाईंले बताए ।

कार्यक्रममा पत्रकार महासंघका सस्थापक अध्यक्ष विष्णु प्रसाद भुसालले पत्रकारले जहिले पनि प्रतिपक्षको भुमिका निर्वाह गनुपर्ने बताउदै खोज पत्रकारिताको लागि सबै लाग्नु पर्ने बताए । कार्यक्रममा पूर्व अध्यक्ष निम बहादुर रिजालले जहिले पनि पत्रकारले जनताको आवाजलाई निष्पक्षताका साथ आवाज बुलन्द गनुपर्ने बताएका थिए । कार्यक्रममा सस्थापक सदस्य विष्णु प्रसाद खनाल मुस्कान , छमकुमारी खनाल चिनारी , गोपाल पौडेल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य तथा पुर्व अध्यक्ष शोभाखर पन्थी , प्रदेश सदस्य प्रेमनारायण आचार्य ,अशोक खनाल प्रेस सगठन नेपालका लुम्विनी प्रदेश सदस्य हृदय कुमार भुसाल , प्रेस संगठनका सहसयोजक सविता आचार्य , प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र केसी ,प्रगतिशिल पत्रकार सघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री , जनपत्रकार संगठनका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल नेपाली प्रेस शोसाइटी नेपालका केन्द्रिय सदस्य दिनेश सुनार लगायतका बक्ताले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

साधारणसभा सांगठनिक प्रतिबेदन महासघका सचिब सुर्य प्रसाद भुसाल आर्थिक प्रतिबेदन कोषाध्यक्ष विनोद गैरेले प्रस्तुत गरेको प्रतिबेदन सर्बसहमति पारित भएको छ । कार्यक्रम पत्रकार महासघका अध्यक्ष हिम बहादुर जिसी लेकालीको अध्यक्षता सचिब सुर्य प्रसाद भुसालको सञ्चालन उपाध्यक्ष गणेश खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा पत्रकारको हक हितको लागि विभिन्न निति तथा एजेण्डा पारित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?