ट्रेन्डीङ्ग

गठबन्धन विपरीत सन्तुलाई उम्मेदवार बनाइयो:माओवादि केन्द्र

बर्दघाट।आगामी मंसिर ०४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं १ ख मा नेता देवेन्द्रराज कँडेल र विनोद चौधरीले देवकरण कलवारलाई गठबन्धन विपरीत नेपाली कांग्रेसबाट उम्मेदवार बनाएको आरोप लगाएका छन्।

निर्वाचनमा नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र) नेकपा एकिकृत समाजवादी,लोसपा र राष्ट्रिय जनमोर्चा सहितका दलहरुले राष्ट्रव्यापी गठबन्धन गर्ने निर्णय गरेको छ तर पश्विम नवलपरासी जिल्लामा समेत गठबन्धनबाट उम्मेदवारहरुको नामावली सहित निर्णय भएकोमा क्षेत्र नं १(ख)मा गठबन्धनको निर्णय अनुसार नेकपा माओवादी केन्द्राको भागमा परे पनि त्यहाँ नेपाली कांग्रेसले समेत आफ्नो उम्मेदवार उठाएको छ।नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादवलाई उम्मेदवार बनाई अगाडी बढ्ने निर्णय गरेको अबस्था नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र बिनोद चौधरी सहितका केहि व्यक्तिहरुले संयन्त्रपूर्वक नेपाली कांग्रेसबाटनै देवकरण कलवार(सन्तु)लाई सोही निर्वाचन क्षेत्र नं.१(ख)को प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका भन्दै गठबन्धनका मर्म र भावना विपरित व्यवहार प्रस्तुत आरोप लगाएका छन।

गत २०७९ कार्तिक ११ गते केन्द्रको बैठकको निर्णय र कार्तिक १३ पश्चिम नवलपरासी जिल्ला स्तरको गठबन्धन दलको बैठकको निर्णय समेत नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवार(सन्तु)पालना नगरेको आरोप लगाएका छन्।
निर्वाचन क्षेत्र नं ०१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरी र २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कंडेलले गठबन्धन दलहरूको निर्णय कार्यान्वयनमा उदासिन भूमिका निर्वाह गरेको तथा निर्वाचन कार्यालय एवम प्रचार प्रसार कार्यक्रममा गठबन्धन दलहरुलाई सहभागी नगराई एकलौटी रुपमा अगाडी बढिरहेको प्रति गम्भिर असहमति सहित आरोप लगाएका छन्
नेकपा माओवादी केन्द्रले पश्चिम नवलपरासी १ (क) मा गठबन्धनका अधिकारिक उम्मेदवार विश्वप्रेम पाठक र १(ख) का गठबन्धनका नेकपा माओवादी केन्द्रबाट अधिकारिक उम्मेदवार रामानन्द यादवलाई मतदान गर्न सम्पुर्ण मतदातालाई अपील समेत गरेको छ।

यस्तै गठवन्धनका विपरित कृयाकलाप गर्ने गठबन्धन दलका नेतृत्वहरुलाई २४ घण्टा भित्र समस्या हल गर्न अल्टिमेट समेत दिइएको छ। समस्या समाधान न भए प्रतिनिधिसभा तथा प्रदेश सभाको उम्मेदवारहरुको सन्दर्भमा जुनसुकै अप्रिय निर्णय गर्न पार्टी वाध्य हुने प्रेश विज्ञप्तिवाट जानकारी गराइएको छ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?