ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)नवलपरासीद्वारा भागरथिको हत्यारालाई कार्वाहीको माग

नवलपरासी । विप्लव निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बैतडी दोगडाकेदार-७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ।

अखिल (क्रान्तिकारी ) पश्चिम् नवलपरासीको आयोजनामा आदर्श माध्यमिक विद्यालय खख्पुरा बाट निकालिएको र्‍याली करिब एक किलोमीटर पर पुगेर कोणसभामा परिणत भएको थियो ।

अखिल (क्रान्तिकारि )का जिल्ला संयोजक सुशील परियारले कोणसभालाइ सम्बोधन गर्दै नेपालमा पछिल्लो समय हत्या, हिंसा, बलात्कार, जघन्य अपराधला घटनाहरु दिन प्रतिदिन घटिरहेका छ । यस्ता घटनाहरु घट्नुको मुख्य कारण सरकारको गैर जिम्मेवारपन भएको आरोप लगाएका थिए ।

र्‍यालीमा सहभागी सयौंको विद्यार्थिहरुले भागरथी भट्टको घटनाको तत्काल छानबिन गरि सत्यतथ्य बाहिर ल्याइनुपर्ने,बलत्कारीलाई कार्वाही गर!, हत्यारालाई फाँसी दे! एकीकृत जनक्रान्ती- जिन्दावाद ! अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नारा लगाएका थिए ।

भागरथिको घटना निर्मला पन्तको जस्तै अन्योलमा नराखी दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन। वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पुजीवादीहरुले संचालन गरिरहेका छन।
जबसम्म राज्य व्यवस्था दलाल पुजीवादीहरुले संचालन गर्छन तबसम्म यस्ता घटनाहरु दिनप्रतिदिन झन डरलाग्दो तरिकाले घट्नेछन उनले भनेका थिए। यो व्यवस्थाका अन्त्यका विकल्प देशमा बैज्ञानिक समाजवादी व्यवस्था भएमात्र जनताले शान्ति,सुरक्षा,पाउने छन परियार बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal