ट्रेन्डीङ्ग

महामन्त्री खनाल र चौधरी एउटै मञ्चमा:कांग्रेस जिताउने प्रतिबद्धता

बर्दघाट।नेपाली काँग्रेस  लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल र पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले एउटै मञ्चबाट कांगे्रस जिताउने उद्घोष गरेका छन। कार्यक्रममा आफ्ना धारणा राख्दै महामन्त्रि खनालले पार्टिको बिधि बिधानलाई अंगालेर अघि बढ्नु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए ।

आन्तिरिक बिमेल र मतभेद हुनु स्वभाबिक हो तर बिपक्ष संगको प्रतिष्पर्धामा काँग्रेस सदैव एक भएर अघि बढेको छ महामन्त्रि खनालले भने। राजनितिक रुपमा आफ्नो भबिष्यको सुनिश्चिता होस भन्ने सबै राजनितिकर्मिको हुने हुदा आम कार्यकर्तामाझ सबै बिषयहरुलाई प्रष्ट्याउनु पर्ने उनको भनाई थियो।यहाका आम जनताका सामान्य समस्यामा र बिकास निर्माणमा मेरो उपस्थिती छ पार्टिमा सबैको भुमिका उल्लेखनिय छ सबैको अस्तित्वलाई स्विकारेर अघि बढौ भन्ने मात्र मेरो चाहाना हो खनालले भने।यद्यपि अग्रगमनका बिरुद्ध गठबन्धन एक भएर सबै उमेदवारलाई बिजयि गराउन उनले आग्रह गरे।

नेपालि कांग्रेस क्षेत्र नम्बर १ ले बर्दघाट ४ मा पार्टी  कार्यालय उद्धघाटन कार्यक्रममा आफ्ना धारणा राख्दै बिनोद चौधरीले दुबै नेतृत्वलाई एउटै मंचमा देख्दा कार्यकर्तालाई थप उर्जा मिलेको महसुस भएको बताए।

पार्टिभित्रका सबै समस्यालाई भद्र सहमति बाट टुङग्याएर सबै एक भई  आगामि यात्रा तय गर्ने उमेदवार चौधरीले प्रतिबद्धता व्यक्त गरे।बिक्रम खनाल जि को यो क्षेत्रमा ठुलो योगदान छ त्यसलाई म सम्मान गर्छु चौधरीले भने आजबाट फरक ढङगबाट कुनै असमति नराखि संगठन एक भएर अघि बढ्ने बिश्वास व्यक्त गरे। आगामि दिनमा काधमा काध मिलाएर अघि बढ्ने र यो क्षेत्रको समग्र बिकासका लागि आफु लागि पर्ने चौधरीले बताए ।

बिक्रम जि र मेरो बिषयलाई लिएर धमिलो पानीमा माछा मार्न खोज्नेहरुको आजबाट निद हराम भएको छ चौधरीले भने प्रतिगमनमा बिरुद्ध गरिएको यो सामुहिक यात्रालाई निश्चिित बिन्दुमा पुर्याएर अवतरण गनुर्् छ ताकि कसैले पनि जनतालाई बर्षाै सम्म झुक्याईरहन नसकोस।

यो अभियानलाई साथ दिएर आफ्ना एजेन्डाहरु लिएर सबै कार्यकर्ताहरुलाई जनताको घरदैलोा पुग्न चौधरीले आग्रह गरे । कार्यक्रममा बोल्दै प्रदेशसभा क्षेत्र नम्बर १ का उमेदवार विश्वपे्रम पाठकले आम जनताको जनजिविकाको सवालमा आफ्नो टिम गम्भिर रहेको बताए।हामा्र बिचका सबै असहमति आजबाट दुर भएका छन् अब गठबन्धनको जितलाई कुनै आधिबेरीले रोक्न नसक्ने उनले दावि गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal