ट्रेन्डीङ्ग

नेकपा (केपि समुह)अर्घाखाँचीका नेताहरू गाउँ गाउँमा

अर्घाखाँची / माघ २६
नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले गाउँ केन्द्रीत कार्यक्रम संचालन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट बिजयी सांसद तथा केन्द्रीय सदस्यहरु अहिले वडा केन्द्रीत कार्यक्रममा व्यस्त छन् । उनिहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमको बचाउ गर्दै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।

केहिदिन यता राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,प्रदेश सांसदहरू चेतनारायण आचार्य,रामजी प्रसाद घिमिरे ,जाल्पा भुसाल र केन्द्रीय सदस्य तथा जिल्लाका प्रभावसाली नेताहरूले जिल्लाको ग्रामिण क्षेत्रमा पुगेर दैनिकजसो कार्यकर्ता सँग भेटघाट र अन्तरक्रिया गरिरहनु भएको छ । उहाँहरु प्रचण्ड ,माधव समुहले पार्टी फुटाएर देश र जनतालाई धोका दिएको भन्दै सजग रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्लाका विभिन्न वडामा कार्यक्रम सम्पन्न गरेको छ।

भुमिकास्थान नगर कमिटी वडा नं. ३र ४ द्वारा भुमिकास्थानमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रियसभाका सदस्य तथा पार्टी केन्द्रीय कमिटीका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले भारीमतले बिजयी गराउने बताउँदै चुनावको माहोल बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

वडा कमिटी अध्यक्ष हरिबहादुर के.सी. को अध्यक्षता र कृष्ण भाटको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री , भुमिकास्थान नगर कमिटीका ईन्चार्ज खगेश्वर पन्थी , अध्यक्ष राजेन्द्र आचार्य,सचिव मणि पौडेल ,नगरप्रमुख रेशम थापा,वडा नं.३ का वडाअध्यक्ष बालकृष्ण बन्जाडे,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि जगत के.सी. केशव सारु लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा छत्रदेब वडा नं. ४ कमिटीको आयोजनामा केरुङामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेशसभाका सदस्य तथा पार्टी केन्द्रीय कमिटीका सदस्य चेतनारायण आचार्यले जिल्लामा पार्टी बिभाजनले खासै असर नपारेको भन्दै भुलबस प्रचण्ड नेपाल पक्षमा गएकाहरुलाई पुन: पार्टीमा फर्केर देश र जनताको पक्षमा उभिन आग्रह गर्नुभयो ।

माधव प्रचण्डलाई प्रतिगामीले गोटी बनाएको उहाँको आरोप थियो । वडा कमिटीका अध्यक्ष भिमलाल खनालको अध्यक्षता र कृष्ण पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सचिव तोजबहादुर रायमाझी ,कार्यालय सदस्य पिताम्बर भुसाल ,पार्टी क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश ज्ञवाली ,जिल्ला सचिवालय सदस्य माधव पन्थी ,युवानेता गिरीबावु खनाल ,स्थानीय नेताहरू बावुराम परियार ,सेरबहादुर सारु,दुर्पता पराजुली ,कृष्ण श्रेष्ठ लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

यसैबीच नेकपा पाणिनि पालिका कमिटीले पार्टी संगठन सुदृढीकरण तथा बिस्तारको योजना बनाएको छ ।आज दुर्गाफाँटमा सम्पन्न सचिवालय बैठकले पालिका कमिटी ,कार्यकर्ता र जनता छिटफुट बाहेक एक ढिक्का रहेको निष्कर्ष निकालेको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जिबनारायण कोईरालाले माधव,प्रचण्ड समूहले पार्टी बिभाजन गरेर गल्ती गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपाका नेता कुटमदिन अलि,जिबलाल घिमिरे लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal