ट्रेन्डीङ्ग

वैध माओवादिको नवलपरासी र रुपन्देहीमा चुनाव बहिष्कार अभियान

बुटवल।नेकपा(क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार अभियान तिब्रता बनाएको छ।क्रान्तिकारी माओवादिले नवलपरासी र रुपन्देहीका विभिन्न स्थानमा कोणसभा सहित निर्वाचन बहिष्कार कार्यक्रम गरेको हो।

पश्चिम नवलपरासीको बर्दघाट बजार सहित ५ स्थानमा कोणसभाको आयोजना गरेर प्रतिक्रियावादी राज्य सत्ता र दलाल संसदीय ब्यवस्थाको भण्डाफोर गरेको हो।

नेकपा(क्रान्तिकारी माओवादी)लुम्बिनी प्रदेश समितिको आयोजनामा बर्दघाटमा आयोजित कोणसभामा पार्टीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले वर्तमान सत्ता र ब्यवस्थाको बिकल्पमा संघीय जनगणतान्त्रिक ब्यवस्थाका लागि संर्घष आवश्यक रहेको बताउनुभयो।

त्यस्तै बासाबसहीमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य टिकाराम पौडेलले एमसीसी पास गर्ने दलालहरुलाई मत दिएर राष्ट्रघाती जनघातीहरुको मतियार बन्न नहुनेमा जोड दिनुभयो।

क्रान्तिकारी माओवादीले बर्दघाट बजार,चिसापानी चोक, बासाबसही,भुमही,सुनवलमा कोण सभा गरेको केन्द्रीय जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी दिनुभयो।

कोण सभामा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल,अखिल (क्रान्तिकारी)केन्द्रीय सदस्य मनोज थापालगायतले सम्बोधन गरेको जनाइएको छ।बहिष्कार अभियानको क्रममा क्रान्तिकारी माओवादीले ब्यापक रुपमा पर्चा वितरण तथा पोस्टरिङ समेत गरेको छ।

यसैबीच रुपन्देहीको खैरेनी,शितलनगर,भवानीपुर,६ नम्बर चोक धकधई लगायतका स्थानमा निर्वाचन बहिष्कारको आब्हान गर्दै कोणसभा गरेको केन्द्रीय सल्लाहकार तथा रुपन्देही/नवलपरासी ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री जानकारी गराउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal