ट्रेन्डीङ्ग

भागरथी हत्याको छानबिनको माग गर्दै अखिल (छैठौं)अर्घाखाँचीद्वारा बिरोध प्रदर्शन

अर्घाखाँची । बैतडीको दोगडाकेदार गाउँपालिका ७ कि १७ वर्षिया भागरथी भट्टको हत्याको छानबिन गर्न माग गर्दै अखिल (छैठौं) अर्घाखाँचीले सन्धिखर्कमा प्रर्दशन गरेको छ ।

अखिल( छैठौं)ले भागरथी हत्याको घटना निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका पैदा भएको भन्दै संगठनको केन्द्रिय कार्यक्रम अनुसार सरकारको ध्यानाकर्षण स्वरुप बिरोध प्रदर्शन गरेको हो ।

युवा बर्ष जनता रविचित्र मा.वि.को हाताबाट निकालिएको र्‍याली सन्धिखर्क शान्तिबंगैचामा पुगेर कोणसभामा परिणत भएको थियो ।

छैटौंका जिल्ला नेता प्रकाश चुँदालीको संचालनमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवरले मन्तव्य राख्दै भागरथी भट्टको घटना @गनिर्मला पन्तको जस्तो नहोस् भन्दै पिडित परिवारलाई तत्काल न्याय दिन सरकारसंग माग गर्नुभएको छ ।

सयौंको सख्यामा र्‍यालीमा सहभागी विद्यार्थिहरुले भागरथी भट्टको घटनाको तत्काल छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने,दोषिलाई कडा कार्बाही गर्नुपर्ने,पिडित परिवारलाई राहत दिनुपर्ने लगायतका माग राख्दै नारा लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?