
परासी।पश्चिम नवलपरासीको सुस्तास्थित खोलामा डुंगा डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका ४ गोकुलनगरको नसही खोलाको घोलमा डुंगा पल्टिँदा दुर्घटना भएको हो ।
सुस्ता गाउँपालिका ४ मा पिकनिक खान गएका युवाहरू चढेको डुंगा दुर्घटना हुँदा सुस्ता गाउँपालिका ४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय निरज हरिजन र रन्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कण्डेलले जानकारी दिए ।
डुंगामा सवार ३ जना नदीमा डुबेर घाइते भएका छन।घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन,सोहीत सहानी छन्।पिकनिक जान गएका युवाहरू चढेको डुंगा सोमबार नारायणी नदीको घोलामा डुंगा डुबेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।