ट्रेन्डीङ्ग

पत्रकार विद्यार्थी संगठन रुपन्देहीको अध्यक्षमा सिंजालि

गंगा भण्डारी माघ २४ रुपन्देही ।
पत्रकार विद्यार्थी संगठन रुपन्देहीको प्रथम भेलाले राजेश सिंजालि अध्यक्षता १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा नेत्र बहादुर बस्नेत,सचिवमा विनोद विष्ट,सहसचिवमा अन्जलि थापा,काेषाध्यक्षमा टेकबहादुर राना,सदस्यहरुमा उर्मिला यादव,बसन्ता भुसाल,सुदिप गाैतम,बसन्त अाचार्य,प्रदिप ज्ञवाली,सन्तकुमार क्षेष्ठ,विवस विष्ट र विवेक क्षेत्री निर्वाचित गरेको छ ।

प्रथम भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले आसन्न हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नाे सहभागी हुने संकेत गरे । गैह्रे पत्रकारिताकाे विषय भएता पनि यसलाई खास न्याय दिने संगठन नभएको कारणले पत्रकार विद्यार्थी संगठन,नेपालकाे उत्पत्ति भएको बताए ।

गैह्रेले संगठनले पत्रकारिता पढिरहेका,पढ्न चाहाने,गर्न चाहाने,गरिरहेका पत्रकारहरुकाे हक र हितका लागि आजिवन संघर्ष गर्ने बताए । त्यसैले यस अधिकारको सुरक्षित गर्न आसन्न हुने निर्वाचनमा महासंघको ध्यानाकर्षण गर्दै त्यस अधिकारलाई प्राप्त गर्न पहल गर्ने बताए ।

प्रथम भेलाको अध्यक्षता भेला आयाेजक समितिका उपसंयाेजक राजेश सिंजालिले गर्नु भएको थियो भने कार्यक्रम संचालन संगठनका सदस्य नेत्र प्रसाद बस्नेतले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal