ट्रेन्डीङ्ग

नि:शुल्क आँखा शिविरमा १ सय ५५ जनाले सेवा लिए

सुनवल।सुनवलमा एक दिने नि:शुल्क आँखा शिविर तथा औषधि बितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पाचौं बार्षिकाेत्सवकाे अवसरमा क्षेत्रि समाज नेपाल नवलपरासी महिला भातृ संगठन र ईन्स्याेरेन्स कम्पनीकाे सयुक्त आयोजना बुद्ध चस्मा घर परासीको प्राविधिक सहयोगमा सुनवल-८ बैरागनाथमा शिविर सम्पन्न भएको हो।

बैरागनाथ मन्दिर ब्यबस्थापन समितिअध्यक्ष दिल बाहादुर थापाको अध्यक्षता सुनवल-८ का वडाध्यक्ष देव बाहदुर गुरुङको प्रमुखआतिथ्य एवम क्षेत्रि समाज नेपाल नवलपरासीका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको विशेष आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले राज्यले नि:शुल्क स्वास्थ्य,शिक्षा र रोजगारीको अनुभुती आफ्ना नागरिकलाई दिलाउन पर्ने भएपनी अहिले दिलाउन नसकेको बताउदै स्थानीय सरकार विभिन्न संघसस्था सगं हातेमालो गरेर काम गर्न चाहेको बताउनु भयो।

कार्यक्रममा बिशेष अतिथी कार्कीले क्षेत्री समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि सन्चालन गर्दै आएको हुदा ग्रामीण स्थरमा स्वास्थ्य सम्बन्धि सचेतना फैलाउन यो कार्यक्रम को आयोजना गरिएको बताउदै,समाजले कुनै पनि जाती,धर्म र बर्गलाई विभेद नगरी सेवा गर्ने बताउनु भयो।

कार्यक्रममा सुनवल-८ वडासदस्य मिरा खत्रि,नानू खड्का,सिटिजन लाइफका क्षेत्रिय प्रबन्धक नरेश सिग्देल,क्षेत्रि समाजका काेषाध्यक्ष हरि भण्डारी,सुनवल नगर अध्यक्ष राजु के.सि.,बुद्ध चस्मा घरका प्राेपाईटर देबेन्द्र चाैधरि,सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनीसि मेनेजर देव कुमारि घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो।

सो शिविरमा १५५ जनाले आफ्नो आँखा परिक्षण गरायकोमा ६० जनामा मोतियाबिन्दु देखिएको नेत्र रोग विशेषज्ञ देबेन्द्र चाैधरिले जानकारी दिनुभयो।क्षेत्रि समाज भातृ संगठनका महिला अध्यक्ष बिमला अधिकारी आचार्यको स्वागत मन्तव्य साथै कार्यक्रमको सन्चालन सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनी परासीका प्रबन्धक दिपक थापा क्षेत्रिले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal