
बुटवल।नेकपा(क्रान्तिकारी माओवादी)सहित चार दलीय मोेर्चाले बुटवलमा निर्वाचन बहिष्कार अबज्ञा सभा गरेका छन।उक्त सभामा बोल्ने चारदलका कम्युनिष्ट नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन जनतालाई आब्हान गरे।सभा नेकपा(क्रान्तिकारी माओवादी),नेकपा (बहुमत),नेकपा(मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा गरेका हुन।कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले दलाल संसदीय ब्यवस्थाको अवसान शुरु भईसकेका बताउदै दलालहरुलाई भोट दिएर राष्ट्रघात जनघातमा समाबेश नहुन जनतालाई आब्हान गर्नुभयो।दलालहरुलाई भोट दिएर देशबेचुवाहरुको मतियार बन्नु हुदैन-बुटवलको बीपीचोक स्थित सभालाई सम्बोधन गर्दै नेता गजुरेलले भन्नुभयो-त्यसैले भोट दिन गएर दलालहरुको देशबेच्ने लाईसेन्स नवीकरण नगरौ।
उहाँले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गर्दै जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र त्यस बेला माओवादीलाई टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाबीच गठबन्धन हुनुलाई ठगबन्धनको संज्ञा दिनुभयो।
संसदीय ब्यवस्थाले जनतालाई केही पनि दिन नसकेको चर्चा गर्दै उहाँले संघीय जनगणतन्त्रका लागि संर्घष गर्नुपर्नेमा जोड दिनुभयो।केही मान्छेहरु फेरिएर हुदैन यो ब्यवस्था बदल्नुपर्छ देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहनु भएका गजुरेलले भन्नुभयो।
फरक प्रसंगमा उहाँले नो भोटको ब्यवस्था गर्न सरकारलाई सर्बाेच्च अदातलले निर्देशन गरेको भएपनि संसदवादीहरुले नो भोटको कानुन नबनाउदाँ समस्या भएको बताउनुभयो।नोट भोट भयो भने दलालहरुका डब्बा रित्तै हुने उनीहरुले राम्रो संग बुझेका छन नेता गजुरेलले भन्नुभयो–त्यसैले नो भोटको ब्यवस्था गर्न चाहिरहेका छैनन।त्यही बहानामा स्वतन्त्रहरु जन्मेका हुन।ब्यक्ति फेरिएर हुदैन ब्यवस्था फेरिनुपर्छ।
उहाँले निर्वाचन बहिष्कार कार्यक्रम शान्तिपुर्ण हुने बताउदै कार्यक्रममा अवरोध गरिए शान्तिपुर्ण भनेर मात्र नहुने चेतावनी दिनुभयो।यहाँ हिजो देखिनै हाम्रो कार्यक्रममा अबरोध प्रयास भयो-उहाँले प्रहरी प्रशासनलाई लक्षित गर्दै भन्नुभयो-हामीले देशैभर शान्तिपुर्ण कार्यक्रम गर्दैछौ।हामीले मात्र शान्तिपुर्ण कार्यक्रम गर्न चाहेर मात्र हुदो रहेनछ।यो सत्ताले अवरोध गरे शान्तिपुर्ण हुने कुरा भएन।त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला यो व्यवस्थामा हुने चुनावले भ्रस्टचारी,कालाबजारी,शिक्षा,स्वास्थ्यकामाफिया,राष्ट्रघाती,जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्न अपील गर्नुभयो।हामीले यो चुनाव अवज्ञा गर्ने नीति लिएका छौँ।हामीले देशमा राजनीतिक स्थिरता,समृद्धि,सामाजिक रुपान्तरण,शान्ति र स्वाधिनताका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष गर्दैछौँ।उहाँले सो अवसरमा जनतालाई भन्नुभयो।
कार्यक्रममा नेकपा(मशाल)का महासचिव सन्त बहादुर नेपालीले निर्वाचनलाई सक्रिय बहिस्कार गरेर दलाल संसदीय ब्यवस्थालाई धक्का दिएको उल्लेख गर्नुभयो।‘यो चुनावमा भोट हालेर कसैलाई जिताउनु भनेको देशमा समृद्धि ल्याउनु होइन उहाँले भन्नुभयो यसको सक्रिय बहिष्कार गर्नुपर्छ।नेता नेपालीले देशका क्रान्तिकारी धुब्रीकरणको आवश्यकता समेत औल्याउदै ४ पार्टीको बहिष्कार आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिनुभयो।
कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव रामनारायण पालले ब्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै रहेको चर्चा गर्दै बैज्ञानिक समाजवादका आधार तयार गर्न संसदीय निर्वाचन बहिष्कार गर्न आग्रह गर्नुभयो।
सभा नेकपा(बहुमत)रुपन्देहीका ईन्चार्ज प्रबेशको अध्यक्षता क्रान्तिकारी माओवादीका रुपन्देही जिल्ला सेक्रेटरी विनोद मरासिनीको स्वागत,नेकपा(मशाल)का नेता दीपक पौडेलको संचालनमा भएको थियो।बुटवल बसपार्कबाट जनर्याली सहित शुरु भएको जुलुस बीपीचोकमा पुगेर सभामा परिणत भएको थियो।