ट्रेन्डीङ्ग

एमाले प्रदेश सभा २(क)को विस्तारित भेला सुनवलमा सम्पन्न

सुनवल।नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपरासी २ क प्रदेश सभा समन्वय कमिटिको विस्तारित भेला शुक्रबार सुनवल १ मा सम्पन्न भएको छ।कमिटिका इन्चार्ज रामचन्द्र भण्डारीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य सरिता खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले जनताको आशा,भरोसा र विश्वास लाग्दो पार्टी भनेको नेकपा एमाले मात्र रहेको बताउदै सत्ता गठबन्धनलाई परास्त गरि जनताको सेवामा लाग्न फेरी पनि पार्टीलाई जिताउनुपर्ने बताउनुभयो।

खनालले गुमेको भुभाग नक्सामा फिर्ता ल्याउने कार्य गर्न नेकपा एमालेले शाहस देखाएको स्मरण गराउदै ती भुमि नक्शामा मात्रै सिमित नभई फिर्ता ल्याउन सबै मिलेर पार्टीलाई जिताउनुपर्ने जिकिर गर्नुभयो।साथै उहाँले एमालेले भत्ता वितरण लागयतका हिजोका दिनमा सरकारमा रहदा गरेको कामहरु जनता माझ ल्याउन सके मात्र हाम्रो जित सुनिस्चित हुने दाबी समेत गर्नुभयो।
कार्यक्रममा सुनवल नगरप्रमुख एव एमालेका केन्द्रिय सदस्य बिमला अर्याल,प्रदेश सदस्य भगवति भण्डारी,पार्टीका केन्द्रिय सल्लाहकार खिमलाल पोखरेल,जसपाका केन्द्रिय सदस्य रामबचन यादब,एमाले जिल्ला कार्यवाहक अध्यक्ष डोलराज भण्डारी,नेकपा एमालेका जिल्ला अध्यक्ष एवं नवलपरासी २ प्रतिनिधि सभा सदस्य उम्मेद्वार दिपेन्द्र अधिकारी,नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं २ (क) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार थान प्रसाद गैरे,जसपाका जिल्ला अध्यक्ष एवं २ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार धरेन्द्र यादब लगायातले शुभकामना मन्तब्य राख्नुभएको थियो।

भेलाले विभिन्न प्रस्ताब माथि छलफल गर्दै निर्वाचन समितिहरु निर्माण, सचिवालय समितिको कार्यलय स्थापना, कात्तिक १५ गते भित्र सम्पुर्ण प्रचार प्रसार समिति गठन,प्रचार प्रसार सम्पर्क कार्यलय स्थापना लगायत ५ वटा प्रस्तावमा छलफल गरि निर्णय गरेको छ।

नेकपा एमाले नवलपरासी २ (क) का सहईन्चार्ज नारायण पाण्डेको स्वागत मन्तब्य रहेकोे कार्यक्रमको सञ्चालन सहईन्चार्ज देवराज श्रेष्ठले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?