ट्रेन्डीङ्ग

चोरीका पाच मोटरसाइकल प्रहरीको नियन्त्रणमा ,चालक बिरुद्ध चोरीको मुद्दा

रबिन्द्र यादव परासी २३ माघ।

नवलपरासी पश्चिममा प्रहरीद्वारा ५ वटा चोरीका मोटरसाईकल सहित चोरी कारोवारमा संलग्न रहेका ५ जना मानिसलाई जिल्लाको बर्दघाट तथा रामग्राम क्षेत्रबाट पक्राउ गरेको छ । बिहीबार चेकजाँच गर्ने क्रममा मोटरसाईकल संग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभएका कारण रामग्राम नगरपालिका वडा न .१४ स्थितबाट २ जना चालक सहित २ वटा मोटरसाइकल र बर्दघाट नगरपालिका वर्डा न . ७, १२ र १४ बाट १/१ जना चालक सहित ३ वटा मोटरसाइकल पक्राउ गरिए छ ।
पक्राउ गरिएको प्रदेश न .५ लु ६४ प ६३५७ ,लु ४० प ८९११ , लु ४० प ८२ ७७ , लु १५ प ६१४८ र अन टेस्ट बुलेट मोटरसाइकल र मोटरसाईकल चलाउने ५ जनालाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तीहरु विरुद्ध चोरी मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal