
बर्दघाट।पश्चिम नवलपरासीको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ७ को २९ औँ बार्षिक साधारणसभा आईतबार जिमिरेभारमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सहकारीले ऋण र बचतमा मात्र ध्यान नदिई आफ्ना शेयर सदस्यहरुलाई उत्पादन संग जोड्नुपर्ने बताउनुभयो ।
साथै उहाले नगरबासीलाई कृषि र पशु व्यवसायमा प्रवद्र्धधन गर्न नगरले कृषकलाई अनुदान भन्दापनि उत्पादनमा राहत प्रदान गर्ने लक्ष्य लिएको बताउदै नगरभित्र सिचाई र बिउ विजन लगायत उत्पादनमा राहत दिने बताउनुभयो।
बिशिष्ट अतिथिको रुपमा बोल्दै नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका सञ्चालक समिती सदस्य रविन्द्र बिक्रम हमालले सहकार्य बाटनै सहकारी संचालन हुने हुदा शेयर सदस्य र सञ्चालकको ईमान्दारिताबाट सहकारी उत्कृष्ट हुने बताउदै शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउनुभयो।
उहाँले प्रोब्सेन ब्राण्ड र एक्सेस ब्राण्ड पाउन सफल भएको सस्था अझै उचाईमा पुर्याउन जोड दिनुभयो । सभामा अध्यक्षको प्रतिबेदन अध्यक्ष देवि प्रसाद अधिकारिले र गत आर्थिक २०७८/०७९ को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल ८१ करोड बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै सस्थाले १ करोड ७८ लाख ७१ ह्जार ८ सय ७२ रुपिया शुद्ध नाफा गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो।सो अवसरमा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी,बर्दघाट नगरपालिकाकी पुर्व उपप्रमुख माया देवी पौडेल,वार्ड नंं १ का वार्डअध्यक्ष सन्दिप सापकोटा, पुर्ब सञ्चालक एवं सल्लाहकार कृष्ण हरी पौडेल, पुर्व लेखा सुपरिवेक्षण समितका तर्फबाट सोमनाथ अधिकारी, शेयर सदस्यको तर्फदेखी खगेश्वर चापागाई लगाएतले मन्तव्य राख्नु भएको थियो।
संस्थामा उत्कृष्ट शेयरकर्ता,बचत कर्ता,असल ऋणी,बाल बचतकर्ता र उत्कृष्ट कर्मचारी लगायत गरी ३७ जनालाई नगद सहित सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।
सस्थाका सहसचिव देवीदत्त सापकोटाको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो।
नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको ग्रामीण साकोसमा ५ हजार ८ सय ७२ महिला र ४ हजार २ सय ६२ पुरुष गरि कुल १० हजार १ सय ४२ जना शेयर सदस्य र सस्थागत ८ एवं १ हजार ९ सय २१ बाल सदस्य रहेको र संस्थाले बर्दघाट नगरपलिकामा ५ स्थानबाट बर्दघाट,जिमिरेभार, दाउन्नेदेवी,जहदा र पन्चनगर भुताहाबाट सेवा दिईरहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डेले बताउनु भयो।
सस्थाले प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा सम्पन्न गर्दै आइत बार सस्थाको केन्द्रिय कार्यालयमा २९ औँ साधारण सभा सम्पन्न गरेको हो ।