ट्रेन्डीङ्ग

संशोधन सहित कांग्रेसको घोषणापत्र पारित

काठमाडौँ।नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधन सहित पारित गरेको हो।

बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह-महामन्त्री जीवन परियारले बताए।

आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए। शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो।

अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोवीन्दराज पोखरेल,गेजा शर्मा वाग्ले,डा.कृष्ण पौडेल,प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?