ट्रेन्डीङ्ग

एमाले नेता ढुंगेल आफ्नै निवासमा मृत फेला

काठमाडौं।नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ।

ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको शौचालयमा लडेर निधन भएको हो।परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो।अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन।

लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो।नेकपाको एकता भंग हुँदा उहाँ माओवादीमा नगएर एमालेमा नै बस्नुभएको थियो।

ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् हुनुभएको थियो । उहाँलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो।

त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो।सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उहाँले २०७४ सालमा आम माफी पाउनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal