ट्रेन्डीङ्ग

सर्वोच्च अदालतको आदेश विपरीत वास्तोला पुनः पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्च अदालतले छोड्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीस दिपकुमार कार्की र सुष्मालता माथेमाको इजलासले बास्तोलाको पक्राउ गैरकानुनी भन्दै आज छोड्न आदेश दिएको थियो ।

अदालतले नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको रोहबरमा छोड्न भनेको थियो । तर बास्तोलालाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । बास्तोलालाई पक्राउपछि महानगरीय प्रहरी बृत्त कमलपोखरी पुराइएको छ ।

बारका अध्यक्ष श्रेष्ठले बास्तोलालाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेर लगेको जानकारी दिए । उनले भने,”अर्को मुद्दा छ के के भन्दै कमलपोखरी लिएर गएका छन् ।”

बास्तोलालाई प्रहरीले ललितपुरबाट पुस २९ गते पक्राउ गरेको थियो । सरकारले वार्ताको हल्ला चलाएपनि विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्न भने छोडेको छैन ।यस्तो छ आदेश पत्र :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal