ट्रेन्डीङ्ग

राष्ट्रिय स्वाधीनताको लागि ताजा जनादेश : घिमिरे

माघ २२ अर्घाखाँची । नेपाल  कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान वडा ८ कमिटीको आयोजनामा पोख्रेडांडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले गणतन्त्रको संस्थागत बिकास , राष्ट्रिय स्वाधीनता र अग्रगमनको निम्ति ताजा जनादेशको बिकल्प नभएको बताउनुभयो ।
उहाँले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नेपाली भुमि समेटिएको नक्शा जारी गरेपछि सरकारका बिरुद्ध षड्यन्त्रको सुरुवात भएको बताउँदै प्रचण्ड माधब समूह बिदेशीको पिछलग्गु भएको आरोप लगाउनु भयो ।
प्रदेश सभाका सदस्य समेत रहनुभएका उहाँले व्यक्तिगत स्वार्थ र पदलोलुपताका कारण प्रचण्ड माधब समुहले पार्टी फुटाएर गम्भीर गल्ती गरेको बताउनुभयो । उहाँले जनताको साथ नपाए पछि प्रचण्ड माधब समुहले निर्वाचनको बिरोध गरेको बताउनुभयो । आधिकारीक नेकपा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको बताउँदै नेता घिमिरेले सुर्य चुनाव चिन्हमा अँखा नलगाउन प्रचण्ड माधब समुहलाई चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिव तोजबहादुर रायमाझी ,नगरकमिटीका अध्यक्ष राजेन्द्र आचार्य, सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल , नेकपाका नेताहरू मणि पौडेल ,रेशम थापा,राजकुमार श्रेष्ठ ,झुपलाल खनाल,कल्पना भुसाल ,ईश्वरी जि.सी.,कृष्ण श्रेष्ठ ,कवि सुनार लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम बलाराम पौडेलको अध्यक्षता र रुद्र खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?