ट्रेन्डीङ्ग

बर्दघाटमा टि भी एस बाइकको शो रुम संचालनमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा टि भि एस मोटससाइकल र स्कुटरको शो रुम सँचालनमा आएको छ।

फुट प्रिन्ट अटो हव प्रा.लि.ले शो रुम सँचालनमा ल्याएको हो।जगदम्बा मोटर्सको आधिकारिक विक्रेताको रुपमा घटस्थापनाको दिन पारेर शो रुम उद्घाटन गरिएको सँचालक विवेक भट्टराइले जानकारी दिए।

शो रुमको एक कार्यक्रमका विच लुम्बिनी प्रदेश साँसद दिपेन्द्र कुमार अधिकारीले उद्घाटन गरेका हुन । युवा ब्यवशायी विवेक भट्टराइ र ज्ञानेन्द्र पौडेलको सँयुक्त लगानीमा सँचालनमा आएको शो रुममा टि भि एस कम्पनीबाट उत्पादित दुइ पाँग्रे मोटरसाइकल र स्कुटर विक्रि गरिने अर्का सँचालक भट्टराइले जानकारी दिए ।उद्घाटन कार्यक्रममा बोल्दै साँसद अधिकारीले देशको अर्थ ब्यवस्था नाजुक हुँदै जाँदा ब्यवशायिक सफलता प्राप्त गर्न केहि समस्या आए पनि लगनशिल भएर काम गर्दा सफलता मिल्ने बताए।कार्यक्रममा बर्दघाट नगरपालिकाका निवर्तमान नगर प्रमुख धीरज शर्मा, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष रविन्द्र विक्रम हमाल,बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले ब्यवशायिक सफलताको शुभकामना ब्यक्त गरेका थिए।

कम्पनीका उत्पादनको बारेमा अर्का सँचालक ज्ञानेन्द्र पौडेलले जानकारी गराएका थिए।उद्घाटन र दशै तिहारको अवसरमा शो रुमले विभिन्न स्कीमहरु प्रदान गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal