ट्रेन्डीङ्ग

प्रचण्ड ,माधब समूह चुनावबाट डराए-खड्का

माघ २२ अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्वलले प्रचण्ड माधव समूह चुनाव बाट डराएको बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी पालिका कमिटी वडा नं. १ र २ द्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उहाँले कार्यकर्ता र जनताले नपत्याए पछि प्रचण्ड माधब समूह निर्वाचन बाट भाग्न खोजेको बताउनुभयो । प्रचण्ड र माधव नेपालमा भएको सांगठनिक अराजकता र पदलोलुपता नै पार्टी बिभाजनको मुख्य कारण भएको उहाँको आरोप थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले छिट फुट बाहेक अर्घाखाँचीको पार्टी एक ढिक्का रहेको बताउनुभयो ।
उहाँले गणतन्त्रको रक्षा ,अग्रगमन ,बिकास र समृद्धिको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपामा गोलबन्द हुन आग्रह गर्नुभयो ।
अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्रीले समयमै निर्वाचन हुने बताउँदै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू सालिकराम आचार्य,दिपा पोख्रेल ,अनिरुद्र सुवेदी लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम वडा नं. १ मा भगवती आचार्यको अध्यक्षता र भुवन बि.क.को संचालन तथा वडा नं. २ मा प्रेम पछाईको अध्यक्षता र कमल पछाईको संचालनमा सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचार बिभाग प्रमुख तिलक मिश्रले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?