ट्रेन्डीङ्ग

प्रचण्डको अभिव्यक्ति विरुद्ध विश्व हिन्दु परिषदले बुझायो ज्ञापनपत्र

परासी।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज आइतवार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्र अनुसार नेता प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिंड्ने प्रचलन रहेको भन्दै समग्र हिन्दु धर्म प्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेका बताएका छन।हजारौ नेपालीको हत्या आरोपित माओबादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिन लगाएका आरोप लगाएका छन्।

माओवादी अध्यक्ष प्रचण्डले हिन्दुत्व सुविचार”सन्तोष परम सुख”अर्थात मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताउँदै सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरी इन्द्रतिर उन्मुख हुन दुरुत्साहित समेत गरेका आरोप लगाएका छन्।

हिन्दु धार्मिक आस्था अनुसार सृष्टिमा जीवनको उत्पत्तिवारे स्थापित दशावतारको मान्यतालाई खण्डित हुनेगरी चामपन्थी चिन्तक मार्क्सलाई जीवन विकासको अवधारणाबारे पहिलो दार्शनिक बताएर सनातन सांस्कृतिक आस्थालाई आघात पुर्याएको छ बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्द अभद्र टिप्पणी गर्नु अक्षम्य निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

त्यस्तै नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ज्ञान मर्दछ हसिर,रोई विज्ञान मर्दछ’भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताउँदै ऐतिहासिक भाषा-साहित्यबारे निकृष्ट टिप्पणी गरेको बताएका छन्।संग संगै संबैधानिक मर्यादालाई कुठाराघात गर्दै प्रचण्डले सनातनदेखि चलिआएको धर्म संस्कृति माथि घृणित प्रहार गर्न खोजेका ज्ञापन पत्रमा उल्लेख छ ।

प्रत्येक नेपालीलाई आफ्नो संस्कृतिलाई संरक्षण गर्न पाउने अधिकार सुरक्षित गरिएकोले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’द्वारा सनातन धर्मको अपमान हुने प्रयोजन सहित हिन्दु स्वाभिमान लाई आघात पुग्ने गरी दिएको निकृष्ट अभिव्यक्तिको घोर निन्दा गर्दै समस्त सनातन धर्माबलम्बी हिन्दु समाजसंग क्षमा माग्न तथा आफ्नो अभिव्यक्तिलाई फिर्ता लिन जोडदार माग सहित प्रमूख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लागि ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष गोपाल गिरीले जानकारी दिए।

साथै धार्मिक,सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भाव माथि कुठाराघात हुने प्रयास प्रति सचेत रहन तथा आवश्यक कारवाही सबै पक्षसँग समेत अपिल गरेको गुड्डु गुप्ताले बताए।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष गोपाल गिरी,राजन उपाध्याय,मनोज कार्की,गुडडु गुप्ता,केदार गिरी लगायतको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?