
बर्दघाट।नेपालमा प्रचलित सबै भाषा,धर्म र सस्कृतीको सरंक्षण तथा सम्बर्धन लागी राज्यले दायित्व लिनुपर्ने कुरामाथि एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन।
मगर भाषाका आदिकवी स्वर्गिय रेख बहादुर सारु मगर साहित्य प्रतिष्ठान नवलपरासीद्धारा मंगलबार बर्दघाट १ मोतीबस्तीमा आयोजित स्वर्गिय आदिकवी सारु मगरको ७८ औँ जन्मजयन्ति समारोह तथा विशेष अधिबेशनमा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन।
प्रतिष्ठानका जिल्ला अध्यक्ष मान बहादुर थापाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मगर साहित्यिक क्षेत्रमा पहिलो पटक कलम चलाई आफ्नो भाषा,सस्कृती,रितिरिवाजलाई प्रोत्साहन गरेको हुदा सारुमगरलाई प्रत्येक बर्ष भाद्र २८ गते मगर भाषाका आदिकवीका रुपमा सम्झिदै प्रतिष्ठानले विविध कार्यक्रमहरु गर्दै आइरहेको प्रष्ठिानका सरंक्षक शिव कुमार सारु मगरले जानकारी दिनुभयो।
सो अवसरमा विशेष अतिथि बर्दघाट नगरपालिकाका निर्वतमान नगर प्रमुख धिरज शर्मा बस्याल,बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,मगर लेखक संघका केन्द्रिय अध्यक्ष लिला मास्की राना,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर धनश्याम न्यौपाने,आयोजक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष खड्क आले मगर,नेपाल मगर संघका जिल्ला कमिटि अध्यक्ष डिल बहादुर थापा,नेपाल मगर बौद्ध सेवा समाजका जिल्ला अध्यक्ष रमेश राना मगर लगाएतले स्वर्गिय सारु मगरको जिवनी माथि चर्चा गर्दै आगामी दिनमा यसलाई जिवन्त राख्न प्रतिष्ठानले विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो।
कार्यक्रममा प्रतिष्ठानले मगर भाषाका साहित्यकारद्धय रुकुम पुर्वका कर्ण बहादुर थापा र पुर्वी नवलपरासी गैडाकोटका भोज प्रसाद थापालाई नव प्रतिभा साहित्यिक पुरस्कार क्रमश १५ र १० हजारको दरले नगद सहित प्रमाणपत्रले सम्मान समेत गरिएको थियो।
सो अबसरमा मगर भाषाका आदिकवी सारु मगरद्वारा लिखित साहित्यिक रचना प्रस्तुत गरिनुका साथै मगर भेषभुषा झल्किने नृत्य समेत प्रस्तुत गरियको थियो।कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष नुमा बुढाथोकीको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव तारा रानाले गर्नुभएको थियो।
विशेष अधिबेशनले आगामी ३ बर्षका लागी तारा रानाको अध्यक्षतामा ११ सदस्यीय नया नेतृत्व चयन गरेको छ।
जसको उपाध्यक्षमा धर्मराज पल्ही,महिला उपाध्यक्षमा सरस्वती सारुमगर,सचिव तिल कुमारी थापा,सहसचिव सुरेश राना,कोषाध्यक्षमा नुमा बुढाथोकी र सदस्यहरुमा रित मान कामु,माया सारुमगर,रेनु थापा,भिमा थापा,यममाया थापा सर्वसम्मत चयन हुनु भएको प्रतिस्ठानका संरक्षक शिवकुमार थापाले जानकारी दिनु भएको छ।