ट्रेन्डीङ्ग

रेडप्लसको प्रक्रियाबारेमा बहुसरोकारवालासंग छलफल कार्यक्रम सुनवलमा सम्पन्न

सुनवल।नवलपरासीको सुनवल नगरपालिकामा रेडप्लसको प्रक्रिया बारेमा बहुसरोकारवालासंग छलफल गरिएको छ।सामुदायिक बन उपभोक्ता महासंघ नवलपपरासीको आयोजनमा रेडप्लसको प्रक्रियाबारेमा र रेडप्लस के हो त्यसको बारेमा छलफल गरेको हो।बनबिनास र बन क्षयीकारणका कारण मानिसको जीबिकोपार्जन र समग्र राष्ट्रिय बिकास प्रतिकुल प्रभाव पर्दै आएको रेडप्लसका रमेश तिमिल्सिनाले बताउनुभयो।साथै उहाँले बन बिनाश र क्षयीकारण सम्बन्धी समस्या सम्बोधन लागि रेडप्लस कार्यक्रम सामुदायिक बनहरुमा संचालन भएको बताउनुभयो।बन अतिक्रमाण गरी घर टहारा निर्माण गर्दा बनबिनाश र बन क्षयीकरण हुदै आएकोले त्यसको रोकथाम गर्नुपर्नेमा तिमिल्सीनाले जोड दिनुभयो।सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कमल परिवारको अध्यक्षता तथा सामुदायिक बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य नारायाण पाण्डेको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा सरोकारवालाहरुले वनसम्पदा हाम्रो देश गहना भएकोेले बिनाशको रोकथाम गर्नुपर्नेमा जोड दिएका थिए।रेडप्लस रणनितीक बनजगल संरक्षण फाईदाको बारेमा महासंघका सदस्य लुमाकान्त भुसालले सहजीकारण गरेका थिए।

कार्वन उत्सजर्नबाट प्राप्त हुने बार्षिक ५ अर्ब रकम सामुदयिक वनमा लगानी गर्दै वनमा लगानी गर्नुपर्नै प्रावधान अनुसार सामुदायिक वनहरुले कुन कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषय र प्रक्रियाका वारेमा छलफल कार्यक्रम गरिएको हो। कार्यक्रममा सुनवल नगरपालिका भित्रका सामुदायिक वनहरुको सहभागिता रहेको थियो।नवलपरासीमा ६३ ओटा सामुदायिक वन रहेको  छ भने ४२ हजार १ सय ११ घर धुरी र ८ हजार ५ सय ६१ हेक्टर वन जंगल रहेको छ।सो सामुदायिक वन बाट २ लाख ५५ हजार ६१ जनसंख्या प्रत्यक्ष लाभान्वित रहेका छन।रेडप्लस कार्यक्रम नवलपरासी सहित १३ जिल्लाका १३ सामुदायिक बनहरुमा संचालन गरिएको महासंघकी सदस्य सुमित्रा भट्टराईले जानकारी दिनुभयो।

महासंघकी सदस्य सुमित्रा भट्टराईको स्वागत सगै सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला महासंघकी सचिव शारदा पोखरेलले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?