ट्रेन्डीङ्ग

नेकपा देवदह नगर प्रथम भेला सम्पन्न,सेक्रेटरीमा मुक्ति चयन

रुपन्देही।नेपाल कम्युनिस्ट पार्टी देवदह नगरपालिका रुपन्देहीको प्रथम नगर भेला सम्पन्न भएको छ।भेलाले नगर सेक्रेटरीमा मुक्तिको नेतृत्वमा ९ सदस्य नगर कमिटी गठन गरेको छ।

देवदह नगर सेक्रेटरी हिमालको अध्यक्षता सप्पन्न भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा जिल्ला सदस्य नवीनले देशको परिस्थिति गम्भीर अवस्था रहेकोेले सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एकजुट भएर देश बचाउने आन्दोलनमा लाग्नुपर्ने बताउनु भयो।

एमसिसी/एसपिपी सम्झौता गरेर देशमा युद्ध चाहाने दलाल पुजीवादी पार्टीका नेताहरुलाइ श्रीलंकाका जनताहरुले जस्तै नेपालीहरुले पनि देश निकाला नगरे सम्म र आन्दोलनको आधीबेरि सिर्जना नगरेसम्म देश कुनैपनि परिवर्तन हुन नसक्ने बताउनु भयो।

त्यस्तै कार्यक्रमालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी जिल्ला संयोजक पदम पराजुलीले दैनिक रूपमा बिदेशीने हजारौं युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गरेर रोजगारी प्रदान गर्नुपर्ने तथा अबको देशको नेतृत्व युवाले गर्नुपर्ने भनाइ राख्नु भएको राख्नु भएको थियो।

सोही कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भिमदेव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal