![](https://safalpost.com/wp-content/uploads/2022/09/UNDP.jpg)
वालिङ।उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको बिबिध गतिबिधिका सम्वन्धमा छलफल तथा अन्तरक्रिया गरिएको छ।पोखरा महानगरपालिका,वालिङ नगरपालिका र युएनडिपी बीच अन्तरक्रिया तथा छलफल गरिएको हो।
छलफलमा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले उद्यमी अनुकुल बातावरण बनाउनका लागि नगरपालिकाले बिभिन्न काम शुरु गरेको जानकारी दिनुभयो।नगरपालिकाको काम तस्विरमा देखिने गरी बनाउन आफूहरुको ध्यान रहेको प्रमुख खाँणको भनाई छ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले दीगो बिकासको स्थानीयकरणका लागि सबैले सहकार्य गर्नु पर्ने बताउनु भयो।उहाँले भन्नुभयो,‘हरित अर्थतन्त्र बनाउदै दीगो बिकासको स्थानीयकरण कार्य गर्नु अपरिहार्य छ।’उद्यमशीलता,ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको प्रभावकारिता बढ्दै गएको बताउनु भयो।उहाँले भन्नुभयो,बेरोजगार तथा बिदेशबाट फर्किएकाहरुलाई ईबिक महत्वपूर्ण सारथी बन्न सक्छ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई,पोखरा महागरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया,उद्योग तथा सहकारी महाशाखाका प्रमुख भरतराज पौडेल,वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायत सहभागि रहको थियो।
पोखरा महानगरपालिकामा सञ्चालनमा ल्याइएको ईबिक र वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ईबिक बीच सहकार्य,समन्वय तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको हो।