ट्रेन्डीङ्ग

नवलपरासीबाट माओवादी केन्द्रका उम्मेदवारको नाम सिफारिस

परासी।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)नवलपरासीले संघिय क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका उमेदवारका नाम सिफारिस गरेको छ।

नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा सासद सिता देवी बौडेल,रामानन्द यादव र ओमराज अधिकारीको नाम प्रदेश कार्यालयलाई सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व मन्त्रि घनश्याम यादव,रामधनी केवट र भेष बहादुर खराल(वि वि खराल)लाई सिफारिस गरेको नेकपा(माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज घनश्याम यादवले बताउनु भयो।

यसैगरि प्रदेश निर्वाचन क्षेत्र मध्य १ (क) मा राजु प्रसाद हरिजन,केयर कुँवर,र शुभान अलि अंसारी रहनु भएको छ भने १ (ख)बाट अमित खडका,सुदामा कोईरी,सुरेन्द्र शर्मा एवं घिरज त्रिपाठी लगायतका उमेद्धार सिफारिस गरिएको बताईएको छ।

यसै गरी प्रदेश निर्वाचन क्षेत्र नम्बर २(क)बाट लोकप्रसाद श्रेष्ठ,भविश्वर तिवारी,गोपी ज्ञवाली,विरबहादुर विक,खडग बस्नेतलाई सिफारिस गरेको छ भने २(ख) बुद्धन अलि,ध्रुव नारायण बनियाँ,धुर्वनाथ पाण्डे,सुरेश गुप्ता,दिनेश यादव एवं कन्हैया कोहारको नाम सिफारिस भएको संघिय निर्वाचन क्षेत्र नम्बर २ का ईन्चार्ज गोपी ज्ञवालीले बताउनु भएको छ।

माओवादी केन्द्रको प्रदेश समितीले सकेसम्म निर्विरोध,नभए अधिकतम ३ जना आकांक्षीहरुको नाम सिफारिस गर्न जिल्ला समन्वयन समितीलाई निर्देशन गरेको भए पनि कतिपय क्षेत्रहरुमा तीन भन्दा धेरैनै आकांक्षीहरुको नाम आएकोले आकांक्षी सबैको नाम पठाईएको ईन्चार्ज ज्ञवालीले बताउनु भयो।

माओवादी केन्द्रको प्रदेश कार्यालयले उमेदवार छनोट गर्दा राजनैतिक नियूक्ति खाएका,पछिल्लो निर्वाचनमा भाग लिएका वा राज्यको कुनै सुविधा नलिएका कार्यकर्तालाई प्राथमिकता दिने गरी नियमावली बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?