ट्रेन्डीङ्ग

सुनवल युनाइटेड स्कुलद्वारा लुम्बिनी स्तरिय हिज्जे प्रतियोगीतामा दोस्रो हुने विधार्थीहरुलाई सम्मान

सुनवल।नवलपरासीको सुनवल स्थित एक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न कार्यक्रममा सहभागि भई उत्कृष्ट प्रस्तुति दिने आफ्ना विद्यार्थिहरुलाई सम्मान गरेको छ।

सुनवल-४ स्थित सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले गत भाद्र १७ गते कपिलवस्तुमा भएको विद्यार्थी गुणिय चक(स्टिुडेन्ट क्वालीटी सर्कर)को सातौ लुम्बिनी सम्मेलनमा सहभागी भई अग्रेजी हिज्जे प्रतियोता (spelling bee)प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरु मिसन पंगेनी र उत्तम ज्ञवाली लाई एक कार्यक्रमका बिच सम्मान गरेको हो।यसैगरी सोहि सम्मेलनको तालिम तथा वर्कसपमा सहभागी भई उत्कृष्ठ प्रस्तुती प्रदर्शन गर्ने विद्यार्थीहरु कृपा घिमिरे र बसन्त ढकाललाई पनि सम्मान गरेको छ।

त्यस्तै सोहि सम्मेलनमा सुनवल युनाइटेड स्कुलको प्रतिनिधिको रुपमा सहभागी शिक्षक राधा के.सीलाई पनि सम्मेलनमा महत्वपूणर् भूमिका निर्वाह गरेकोमा सम्मान गरेकोे छ।

सोहि सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल धनराज चापागाईले विद्यार्थीहरुको क्षमता र रुची अनुसार विभिन्न ठाँउ तथा समयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप सम्बन्धी प्रतियोगिता तथा तालिममा विद्यालयले उच्च महत्वका साथ हेरी आफ्ना विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको बताउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?