ट्रेन्डीङ्ग

वालिङका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा सञ्चार सीप तालीम

तोलाकान्त बगाले
वालिङ, १८ माघ ।वालिङका निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तीन दिने नेतृत्व तथा सञ्चार सीप सम्बन्धी तालीम प्रदान गरिएको छ ।

वालिङ नगरपालिकाले आफ्ना महिला
जनप्रतिनिधिहरुको क्षमता विकास तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्नकालागि तीन दिने तालीमको आयोजना गरेको हो ।
तालीमको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नेतृत्व विकास तथा सञ्चार विकास तालीमले महिला जनप्रतिनिधिहरुलाई थप क्षमतावान बनाउने भन्दै तालीमबाट सिकेका सीपलाई कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो ।


जनप्रतिनिधिहरु फरक फरक क्षेत्रका नागरिकहरुसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने
भएकाले पनि उहाँहरुलाई थप क्षमतावान बनाउँदै नेतृत्व गर्न सक्ने बनाउनका लागि
तालीमको आयोजना गरिएको अधिकृत ज्ञवालीले बताउनुभयो ।


नगरका १४ वटा वडाबाट निर्वाचित महिला जनप्रतिनिधिहरुसहित ३० जनाको सहभागिता रहेको तालीममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारी लगायतले सहजीकरण गर्नुहुनेछ । नगरपालिका सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर माधव न्यौपानेले र स्वागत शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?