ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)नुवाकोटले विद्यार्थीलाई दियो राजनीतिक वैचारिक प्रशिक्षण

नुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण दिएको छ।

अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा शुक्रबार सुरु प्रशिक्षणमा १४ वटा कक्षा सञ्चालन भएका थिए।दुईदिने कार्यक्रममा कम्युनिस्ट दर्शन,राजनीतिक,अर्थशास्त्र,समाजवाद,सङ्गठनात्मक सिद्धान्त,नेकपाको इतिहास,विद्यार्थी आन्दोलनको इतिहास लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।प्रशिक्षणअन्तर्गत शनिबार पार्टी पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेको प्रमुख आतिथ्य र मुख्य प्रशिक्षण रहेको थियो।

नेकपा नुवाकोटका संस्थापक सदस्य शिव बहादुर भण्डारी,पार्टीको बाग्मती प्रदेश सचिवालय सदस्य केशव पुडासैनी”विमल”,संगठनको केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटा,नुवाकोट विद्यार्थी आन्दोलनको प्रमुख पात्र तथा संगठनका पूर्व केन्द्रीय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष नारायण नेपाल,बेलकोटगढी नगरपालिका नेकपा माओवादी केन्द्र अध्यक्ष शिव पौडेल”शितल”,समाजसेवी बुद्धिजीवी ज्वालामुखी लामिछाने,संगठनको केन्द्रीय सदस्य बिनोद कोइराला, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल,सचिव जगदिश खनाललगायतले प्रशिक्षण दिनुभएको थियो।

विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि जिल्लास्तरमा कार्यक्रम आयोजना गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ।प्रशिक्षणको उद्घाटन समारोहमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संगठनका पूर्व केन्द्रीय महासचिव उत्तम अधिकारीको प्रमुख अतिथ्यता र समापन समारोहको प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संगठनको पूर्वकेन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal