
बर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीले आगामी निर्वाचनका लागि संघीय निर्वाचन क्षेत्र .१ अन्तर्गतका उम्मेद्बारको ढुङ्गा लगाएको छ। जसका लागि जिल्ला अध्यक्ष एवं प्रदेश शभा सदस्य दिपेन्द्र अधिकारी र राम लखन हरिजनलाई सिफारिस गरेको छ।
त्यसैगरि प्रदेश सभा क्षेत्र १(क)वाट पुण्य प्रसाद पौडेल,सिन्धु जलेसा,राम बहादुर भण्डारी,एकदेव पाण्डे र टुक प्रसाद बस्यालको नाम सिफारीस गरेको छ भने निर्वाचन क्षेत्र नं. १(ख)वाट राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्टको नाम सिफारीस गरेको संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेले जानकारी दिनु भएको छ।
नेकपा एमाले पश्चिम नवलपरासी संघिय निर्वाचन क्षेत्र नं. १ को बर्दघाटमा सम्पन्न बिस्तारित बैठकले उम्मेदवारको नाम सिफारिस हो।संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेको अध्यक्षता र केन्द्रिय सदस्यत तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
संघिय निर्वाचन क्षेत्र नं. १ का ईन्चार्ज ईन्द्र गुरुङ्गको स्वागतबाट शुरु भएके बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार परिषद् खिमलाल पोखरेल,जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी,प्रदेश कमिटिका सचिवालय सदस्य तुलसी पासी,केन्द्रिय प्रतिनिधि परिषद सदस्य बद्री खनाल लगायताका नेताहरुको उपस्थिती रहेको थियो ।