
काठमाण्डाै।दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई दुई सय ३१ रनकाे लक्ष्य दिएकाे छ।नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे।
नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए।यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए।
तीन खेलकाे शृङ्खलामा नेपाल एक–शून्यले अघि छ।हिजाे शुक्रवार भएकाे पहिलाे खेलमा नेपालले केन्यालाई सात विकेटले हराएकाे थियाे।