ट्रेन्डीङ्ग

नेकपालाई षड्यन्त्रद्वारा पराजित गर्न सक्छु भनेर ठान्नु राज्यको मुर्खता:नेता दिपेश

ईलाम।नेपाल कम्युनिस्ट पार्टिको ईलाम जिल्लाको दोश्रो सम्मेलन उद्घाटन सभाको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज दिपेशले नेकपाको यो लंडाइलाई षड्यन्त्रद्वारा पराजित गर्न सक्छु भनेर ठान्नु राज्यको मुर्खता भएको बताएका छन्।

उनले नत राणा,न पंचायत न राजा कसैले पनि जनताको लंडाईलाई पराजित गर्न नसकेको बताउंदै राज्यले षड्यन्त्र नरोके जस्तोसुकै संघर्ष गर्न आफ्नो पार्टी तयार रहेको बताए ।

उनले ईलाम रत्न,कटक जस्ता योद्धाहरुले रगत बगाएको जिल्ला भएको स्मरण गराउँदै सत्ताले उंहाहरुलाई मारेर के आंफुले जित्न सक्यो?भन्दै प्रश्न गरेका थिए।आफ्नो पार्टी जनयुद्ध लडेर आएको पार्टी भएकोले बलिदानको मूल्यबोध आफूहरुलाई राम्रो संग भएको बताए ।

उनले तिनबुंदे सहमतीमा राज्य ईमानदार नहुनु अमेरिकनका नेपाली दलालहरुको बफादारिता भएको बतांउदै तिनबुंदेमा ईमानदार नभए प्रतिरोधको सामना गर्न राज्य तयार हुनु पर्ने नेता राईले चेतावनी दिएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal