
सुनवल।नवलपपरासीको सुनवल -४ स्थित विद्यालय सुनवल यूनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले विधार्थीलाई सम्मान गरेको छ।प्याब्सन लुम्बिनी प्रदेशद्धारा भदौ १० गते कपिलबस्तुमा आयोजित प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय समुहका १२ जना विद्यार्थीहरुलाई एक समारोहका विच सम्मान गरीएको हो।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य धनराज चापागाईले प्याप्सन नवलपरासीको सम्पुर्ण सदस्य विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै सुनवल यूनाईटेड सेकेण्डरी स्कुलले प्रदेश स्तरको प्रतियोगितामा द्धितिय स्थान हासिल गरी ऐतिहासिक सफलता प्राप्त गरेको प्रति खुसि व्यक्त गर्नुृभयो।
कार्यक्रममा नृत्य प्रतियोगितामा सफल भएका विद्यार्थीहरु सिमरन राना,आकाक्षा सुनार,पुर्णिामा आले,खुशि आले,कन्चन थापा, लेबिसा सेन,नन्दिता रोका,विनिता सारु,विविका बराल,प्राप्ति सुनार,स्मृति कार्की र प्राप्ति रानालाई सम्मान गरीएको थियो ।
विद्यार्थीहरुको विभिन्न क्षमतालाई प्रस्फुटन गराई सफल बनाउन विद्यालयले विभिन्न अतिरिक्त क्षेत्रमा प्रशिक्षण गराईरहेको समेत विद्यालयले जनाएको छ।
यूनाइटेड बाल क्लवका अध्यक्ष कृपा घिमिरेको अध्यक्ष र विद्यालयका प्राचार्य धनराज चापागाईको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन कक्षा ९ का छात्र मिसन पंगेनीले गर्नुभएको थियो ।